१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
भन्सार माफिया बिरुद्ध बाँके प्रहरी एक्सनमा


कोहलपुर (बाँके)/ अपराध र अपराधी नियन्त्रणमा वाही वाही कमाएको बाँके प्रहरीले भन्सार माफिया बिरुद्धको कार्यवाही प्रक्रिया सुरु गरेको छ । बाँके प्रहरीका अनुसार बुधवार न्युन भन्सार गरेर नेपाल भित्राउदै गरेको १ ट्रक समान पक्राउ गरि राजस्व अनुषन्धान कार्यालय कोहलपुर लाई बुझाएको छ ।
प्रहरी श्रोतका अनुसार मोटर पाटर्स , कस्टमेटीक  र फेन्सी लगाएतका समानहरुको अति न्युन मुल्याकन गरि भन्सार बुझाईएको थियो । न्युन भन्सार गरि समान भित्राउदै गरेको सुचना पाए लगत्तै पक्राउ गर्न गएको प्रहरीलाई भन्सार एजेण्ट पप्पु साहको टोलीले आर्थिक प्रलोभन समेत देखाएको प्रहरी श्रोतका भनाई छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओम बहादुर रानाले न्युन भन्सार गरेको भन्ने सुचनाका आधारमा ट्रक र समान नियन्त्रण्मा लिएर आवश्यक कार्यवाहीका लागी राजस्व कार्यालय कोहलपुरमा बुझाएको जानकारी दिए । उनले प्रहरीले बुझाएको समान बारे आवश्यक कार्यवाही राजस्व कार्यालयले गर्ने समेत नयाँकार्सलाई बताए ।
राजस्व अनुषन्धान कार्यालय कोहलपुरका प्रमुख सुनिल राज देवकोटाले प्रहरीले बुझाएको समानहरुको बारेमा आवश्यक अनुषन्धान भई रहेको बताए । उनले राजस्व चुहावट नियन्त्रण ऐन अनुसार कार्यवाही गरिने नयाँ कोर्सलाई जानकारी दिए ।
सो ऐनले अन्तरगत भन्सार नतिरेर भित्राईएका समानहरु जफत गरि लिलाम गर्ने उल्लेख छ । साथै बिगो अनुसार थप जरीवाना र जेल सजाए समेत हुन सक्ने देवाकोटाले बताए । बाँके प्रहरीले बरामद गरि बुझाएका सामानहरुका विषयमा थप अनुसन्धान भैरहेकाले सबै कुरा प्रष्ट बोल्न नमिल्ने उनले बताए ।

Nabintech