१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
भेरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु


कोहलपुर /बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको जानकी–६, प्रजापतिपुरका ६५ बर्षीय पुरुषको उपचारका क्रममा गएराती १० बजे मृत्यु भएको हो ।

उनलाई स्वास्थ्यमा समस्या आएपछि यही असोज १० गते भेरी अस्पतालको प्रि आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उनको २६ गते स्वाब संकलन गरी २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएलगत्तै आइसोलेसन वार्डमा सारि उपचार सुरु गरिएको थियो । उनमा श्वास प्रश्वासमा समस्या रहेको भेरी अस्पतालको प्रेस नोटमा उल्लेख छ ।

योसंगै भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

Nabintech