३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सामुहिक कृषिमा युवाहरुको आर्कषण


कोहलपुर (बाँके)/ युवाहरुको एक समुहले कोहलपुर नगरपालिका वडा नं ३ मा सामुहीक माछा पालन गरेको छ । कृषि तर्फ खासै ध्यान नदिने युवाहरुलाई व्यवसायीक रुपमै माछा पालन तर्फ लाग्न उत्प्रेरणा गर्दै व्यवसायीक रुपमै माछा पालनमा लागेका हुन । युवाहरुको समुहले स्थानीय स्कूलले भोग चलन गर्दै आएको सार्वजनिक माछा पोखरी भाडामा लिएर माछा पालन गर्नै आएको कोहलपुर ३ का गोपाल अधिकारीले बताए । गोपालसंगै कोहलपुरकै केशव शाही , हलिम शाह र कमल बस्नेत सहीतको युवाहरुको टोलिले माछा पालन गर्दै आएको छ ।


माछापालन गरेको पहिलो वर्षमा नै उनीहरूले ३५ क्विन्टल माछा बिक्री गर्ने आशा लिएका छन् । कोहलपुर–३ मैटहवामा झन्डै एक वर्षअघि सुरु गरिएको सो सामूहिक माछापालनबाट उत्पादित माछामध्ये हालसम्म १० क्विन्टल माछा बिक्री गरिसकेको र २५ क्विन्टल माछा पोखरीमै रहेको अर्का युवा केशव शाहीले बताए ।
मिहिनेत गर्ने हो भने स्वदेशमै प्रशस्त आम्दानी र रोजगारी सिर्जना गर्नुका साथै राम्रो आम्दानीसमेत गर्न सकिन्छ भन्ने राम्रो उदाहरण यो सामूहिक माछापालन व्यवसाय बनेको छ । अर्का युवा कमल बस्नेतले हाल बाँके जिल्लामा बर्दिया लगायत अन्य जिल्लामा उत्पादीत माछाले बजार धानिरहेकाले छिटै माछामा जिल्लालाई आत्म निर्भर बनाउने गरि आफुहरु अगाडी बढिरहेको नयाँ कोर्सलाई बताए । प्रारम्भीक चरणमा ५ बिगाहामा माछा पालन सुरु गरेको भएपनि राज्यको सहयोग पाएमा ठुलो मात्रामा माछा खेती गर्ने लक्ष्य रहेको सुनाए ।
े पाँच बिघा जग्गा भाडामा लिएर ५० लाख रुपियाँको लगानीमा सुरु भएको शाही मत्स्यपालन फर्मले राम्रो उत्पादन गर्न सक्ने सम्भावना देखिएको छ । सामूहिक माछापालनसँंगै पोखरीको छेउमै एक रिसोर्टसमेत स्थापना गर्ने योजना रहेको अर्का युवा हलिम शाहले बताए । ९० हजार भुराबाट माछापालन सुरु गरेकोे जनाउँदै शाहले एक वर्षमै १० क्विन्टल माछा बिक्री गर्न सफल भएको र पोखरीमा पनि थप माछाहरु रहेको बताए ।


माछा पालक युवा केशव शाहीले माछा बिक्रीका लागि ग्राहक खोज्न कतै पनि जान नपर्ने जनाउँदै पोखरीबाट निकाल्नेबित्तिकै ग्राहकहरु आई हाल्ने र आगामी दिनमा आफ्नै रिसोर्टमा विभिन्न परिकार बनाएर व्यवसाय चलाउने योजना रहेको बताए । रोजगारीका लागि विदेश गएर धोका खाने नेपाली युवालाई आफ्नै देशमा कृषि व्यवसायमा लाग्न आग्रह गर्दै सामूहिक माछापालनमा सक्रिय अर्का युवा हलिम शाहले मिहिनेत गर्ने हो भने स्वदेशमै विदेशभन्दा राम्रो आम्दानी रहेको बताए ।
विदेशमा रगत पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा कृषि कर्म गर्न सके मनग्य आम्दानी हुने शाहको भनाइ छ । हामीले कृषि पेसाबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेका छौँ, उनले भने , रोजगारीको खोजीमा विदेशिन खोज्ने युवालाई नेपालमै धेरै गर्न सकिन्छ भन्ने सुझाव छ ।
व्यावासायीक कृर्षिका लागि राज्यले सहुलित ऋण लागत कृषकलाई सहयोग पुग्ने कार्यक्रमहरु ल्याउन सके ठुलो संख्यामा युवा व्यावसायीहरु कृषि तर्फ लाग्ने युवा कृषक गोपाल अधिकारीले बताए ।
कमल बस्नेता नेकपा जिल्ला कमिटी सदस्य एंव अमृत साईन्स क्यापस का पूर्व स्वबियु सभापति हुन भने , हलिम शाह मुश्लिम संगठनका केन्द्रीय सचिवालय सदस्य हुन ।
केशव शाही नेकपाका नेता युवा हुन भने गोपाल अधिकारी युवा संगठनका जिल्ला कमिटी सदस्य एंव नेकपा कोहलपुर नगर कमिटी सदस्य हुन ।

Nabintech