११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
९ सय ३१ घरलाई खर र फुसमुक्त गरिदै


कोहलपुर /बाँकेका तीनवटा स्थानीय तहमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत ९ सय ३१ घरलाई खर र फुसमुक्त गरिदै छ । बाँके निर्वाचन क्षेत्र नं १ को कोहलपुर नगरपालिका,राप्ती सोनारी र नरैनापुर गाँउपालिकामा गरिव र विपन्न परिवारका ९ सय ३१ घरको छानो खर र फुसमुक्त गरिने भएको हो ।
बाँके निर्वाचन क्षेत्र नं १ का संघीय साँसद महेश्वर गहतराज अथकको संयोजकत्वमा मंगलवार नेपालगञ्जमा बसेको सुरक्षित नागरिक आवास कार्यक्रमको बैठकले कोहलपुर नगरपालिकामा २ सय २८,राप्ती सोनारी गाँउपालिकामा १ सय २१ र नरैनापुर गाँउपालिकामा ३ सय ६६ घरलाई खर र फुसमुक्त गरिने निर्णय गरेको हो । यसैगरी बैठकले राप्ती सोनारीका २ सय १६ बाढिपीडितको घरपनि खर र फुस मुक्त गर्दे जस्तापाता वितरण गर्ने निर्णय गरेको छ ।
तीावटै स्थानीय तहका ९ सय ३१ गरिव तथा विपन्नहरुको घरको छाना खर र फुसमुक्त गरी जस्तापाता लगाउन सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत प्रती घर ५० हजार दिईने साँसद अथकले नयाँ कोर्सलाई बताए ।

 

Nabintech