२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मेची महाकाली बुहारी संयुक्त आवाजद्धारा क्यानसर पीडितलाई सहयोग


कोहलपुर (बाँके)/ मेची महाकाली बुहारी संयुक्त आवाजले क्यानसर रोगबाट पिडीत भई मृत्यु भएकी सिमा श्रीषको परिवारलाई आर्थिक सहयो गरेको छ । श्रीषकोे उपचार सहयोगकालागि उठाईएको रकम उहाँको मृत्यु भएपश्चात उहाँको घर परिवारलाई हस्तान्तरण गरिएको बाँके संयोजक उर्मिला अधिकारी पाण्डेले जानकारी दिनु भयो ।
कोहलपुर नगरपालिका वडा नं १ कौशिल्या नगरकी पाठेघरको क्यानसरबाट पिडीत सिमाको लामो उपचार पछी केही दिन अधि मृत्यु भएको थियो ।
संयोजक पाण्डेका अनुसार मेचि महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय संयोजक यमु शर्मा सुब्वा र बाँके जिल्ला बाट उठेको २१ हजार रुपैया उनका छोरा छोरी र श्रीमानलाई हस्तान्तरण गरिएको हो ।
मेचि महाकाली बुहारी संयुक्त आवाजले बिभिन्न खाले हिंसा र समस्याममा परेका महिला तथा वालवालिकालाई आर्थिक , कानुनि र सामाजिक सहयोग गर्दै आएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता एंव महिला नेतृ बसन्ती अधिकारीले मानविय सहयोग सबै भन्दा ठुलो सहयोग भएको भन्दै सहयोगी हातहरुलाई धन्यवाद दिनुभयो । समाजिक सञ्जाल बाट गठन भएको संस्थाले उदाहरणीय कार्य गर्दै आएको अधिकारीको भनाई थियोे ।
कार्यक्रममा महिला नेतृ एंव समाजिक अभियान्ता रेणुका खड्कले संस्था स्थपना भएदेखिनै समस्यामा परेकाहरुको साथी बन्दै आएको बताउनु भयो । लक डाउनमा समस्यामा परेका श्रमिक देखि घरेलु हिंसामा परेका महिला देखि बिभिन्न खाले दिर्घ रोगले पिडीतहरुको साथी मेचि महाकाली बुहारी संयुक्त आवाज भएको उहाँको भनाई थियो
कार्यक्रममा मेचि महाकाली बुहारी सयुक्त आवाज बाँकेकी सचिव प्रमीला शाही लगायतको सहभागिता रहेको थियो ।

Nabintech