११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीच भेटवार्ता सुरु, ‘कर्णाली प्रकरण’मा छलफल केन्द्रित


काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको भेटवार्ता कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध आफ्नै पार्टीका सांसदले दर्ता गरेको अविश्वासको प्रस्तावका विषयमा केन्द्रित भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ओली निकट यमलाल कंडेलको नेतृत्वमा १८ जना सांसदले हिजो अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । खुमलटारले पूर्वमाओवादीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लगाएर पार्टी एकता अन्तिम चरणमा पुगेको बेला ओलीले फेरि बखेडा झिक्न खोजेको निष्कर्ष निकालेको छ ।

आजको भेटवार्ताका आधारमा कसरी अगाडि बढ्ने भन्ने निष्कर्ष निकाल्ने पूर्वमाओवादीका एक नेताले नागरिकखबरलाई जानकारी दिए । उनका अनुसार निर्णय नसच्चिए अन्य प्रदेशमा पनि उस्तै जवाफ दिनेगरी काम सुर गर्ने ती नेताको चेतावनी छ ।

Nabintech