७ माघ २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा सिकलसेल एनिमिया ल्यावको भवन निर्माण सुरु हुन सकेन

निर्माणको ठेक्का सम्झौता भएको ३ महिना बितिसक्दा स्थान बारे बिवाद



कोहलपुर (बाँके)/ कोहलपुर नगरपालिकाले सिकलसेल एनिमिया ल्याव स्थापनाका लागि भवन निर्माण टेण्डर निकालेर २०७७ असार २८ गते सम्झौता समेत गरेको छ । तर, सम्झौता भएको तीन महिना बिति सक्दा पनि उक्त ल्याव कहाँ स्थापना गर्ने भन्ने टुंगो नलाग्दा निर्माण कार्य रोकिएको छ ।
कोहलपुर नगरपालिका योजना शाखा प्रमुख अग्नी प्रसाद आचार्यले कोहलपुर ११ मा सिकल सेल एनिमिया ल्याव स्थपना गर्ने गरि डिपिआर तयार गरि टेण्डर मार्फत निर्माण कम्पनीसंग सम्झौता समेत भई सकेको बताउछन । अचार्यका अनुसार टेण्डर सम्झौता भई सके पछि कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु कुमारी थारुले कोहलपुर १५ मा ल्याव स्थपना गर्ने अडान लिए पछि ल्याव कहाँ स्थापना गर्ने भन्ने टुगो लाग्न नसकेको नयाँकार्सलाई बताए । उनले टेण्डर ११ मा निर्माण गर्ने गरि भएको भएपनि पछिल्लो समय वडा नं १५ मा निर्माण गर्ने कुरा आए पछि बिवाद सृजना भएको बताए । कार्यपालिका बैठकले कहाँ निर्माण गर्ने भन्ने टुंगो लगाएपनि मात्रै निर्माण प्रक्रिया सुरु हुने उनको भनाई छ ।
कोहलपुर नगरपालिका ११ मा सिकल सेल एनिमिया ल्याव भवन स्थापनाका लागि महादेब झ्यारी निर्माण सेवा मुगुले निर्माणको जिम्मा पाएको छ । सिकलसेल एनिमीया ल्याव भवन भन्दा पछि ठेक्का प्रक्रिया भएको कोहलपुर ७ को वडा कार्यालय भवनको जग निर्माण कार्य सकिन लागेपनि साईड बिवादले ल्याव भवन निर्माण सुरु हुन नसकेको निर्माण कम्पनीका हरी रावलले बताए ।
यस आर्थिक बर्ष भित्र सक्ने काम समयमै सुरु गर्न नसक्दा पछि समस्या आउन सक्ने नयाँकार्सलाई बताए । टेण्डरका समयमा कोहलपुर ११ मा निर्माण गरिने भनिएको भएपनि पछि उप प्रमुख सञ्जु कुमारी थारुले कोहलपुर १५ को स्वाथ्य चौकी भवनसंगै निर्माण गर्न आग्रह गरपछि बिवाद सृजना भएको रावलको भनाई छ । कोहलपुर नगरपालिकाले आफुलाई निर्माण सम्वन्धी डकुमेन्ट र साईड दिन नसक्दा काम सुरु नभएको रावलले बताए ।
कोहलपुर नगरपालिकाकी उप प्रमुख सञ्जु कुमारी थारुले स्थानको टुगो लगाउन नसक्दा निर्माण कार्य सुरु हुन नसकेको बताईन । उनले छिटै स्थानको टुगो लगाएर निर्माण सुरु गरिने बताईन ।

Nabintech