१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोनाका कारण बाँकेमा थप एकजनाको मृत्यु


कोहलपुर (बाँके)/कोरोना संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा कोहलपुर नगरपालिका ९ पिपरीका ३८ बर्षीय पुरुषको मृत्यु भएको हो ।

२३ गते राती ९ः३० बजे भेरी अस्पताल पुर्याइएका उनको राती ११ बजे उपचारको तयारीकै क्रममा मृत्यु भएका हो ।

असोज १३ गते रिपोर्ट पोजेटिभ आएपछि कोहलपुरस्थित नेपाल मेडिकल कलेज, शिक्षण अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरी उपचार चलिरहेकोमा स्वास्थ्य अवस्था गम्भीर बनेपछि २३ गते राती साढे ९ बजे भेरी अस्पतालमा पुर्याइएको थियो । योसंगै बाँके जिल्लामा कोरोना संक्रमण भइ उपचारका क्रममा मृत्यु हुनेको संख्या २४ पुगेको भेरी अस्पतालको प्रेस नोटमा उल्लेख छ ।

Nabintech