१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बैजनाथको बिशेष गाँउ सभा सम्पन्न

गाँउ सभाले बातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन पारित गर्यो



कोहलपुर /बैजनाथ गाउँपालिकाले बातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ निर्माण गरेको छ । बैजनाथ गाउँपालिकाको शुक्रवार बसेको बिशेष गाँउ सभाले सो ऐन पारित गरेको गाँउपालिका उपाध्यक्ष शारदा बिश्वकर्मा रेग्मीले जानकारी दिईन ।
सो ऐन पारितसंगै बन तथा बातावरण संरक्षण,फोरहमैला व्यवस्थापन र नदिजन्य पदार्थ उत्खनन् र संरक्षण लगायतका कुराहरु समेटीएको उपाध्यक्ष बिकले बताईन ।
सोही ऐन पारित गर्नका लागि शुक्रवार बिशेष गाउँसभा बोलाईएको थियो । सो बिशेष गाउसभाको उद्ध्घाटन गर्दै नेकापा बाँकेका अध्यक्ष एंव प्रदेश सभासदस्य आईपी खरेलले स्थानिय सरकारले संघ र प्रदेशसंग नबाझिने गरि कानुन निर्माणलाई पुर्णता दिनु पर्ने बताएका थिए ।
उनले संघियता कार्यन्यनका लागी हरेक तहमा कानुन निर्माण अपरिहार्य रहेकोमा जोड दिए । कानुन निर्माण सकिय पछि जनाताले अनुभुत गर्न पाउने गरी बिकास र निर्माणका लहर सुरु गर्र्नुपर्ने धारणा राखे । कार्यक्रममा संबिधान सभा सदस्य दल बहादुर सुनारले पनि बोलेका थिए । सुनारले प्रदेश सभाकाले ५ नं प्रदेशलाई लुम्बिनी प्रदेश र राजधानी राप्ती उपत्यका तय गरेकोमा प्रदेश सरकार र प्रदेश सभालाई धन्यवाद दिएका थिए ।
बैजनाथ गाँउपालिकाका अध्यक्ष मान बहादुर रुचालले स्थानीय सरकार सञ्चालनलाई सहज बनाउन वतावरण तथा प्राकृतिक श्रोतको संरक्षण ऐन २०७७ ल्याईएको जानकारी दिए । बैजनाथ गाँउपालिका भवन निर्माण गर्दा सामुदायिक बन क्षेत्र बिनास गरेको आरोप लागिरहेका बेला वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन ल्याईएको हो । सो ऐनले पालिकालाई काम गर्न सहज बनाउने अपेक्षा पालिकाले लिएको गाउँपालिका श्रोतले जानकारी दिए ।

 

Nabintech