११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
खाद्यसामाग्रीको मूल्य वृद्धि


लकडाउनले थलिएको नेपाली अर्थतन्त्रमा चाडपर्व नजिकएसँगै खाद्यसामाग्रीको मुल्यपनि बृद्धि हुन थालेको छ । दसैँको मुखैमा खाने तेल, दाल र गेडागुडी जस्ता खाद्य सामाग्रीको मू्ल्य बढेको हो । दसैं नजिकिएसँगै बजारमा यी खाद्य बस्तुको मूल्य बढेको खुद्रा व्यापार संघले जानकारी दिएको छ । संघका अनुसार दालमा प्रतिकिलो १० रुपैयाँ, हरियो केराउमा ३५ रुपैयाँ तर तेल प्रतिलिटरमै १५ रुपैयाँभदा धेरैले वृद्धि भएको छ । लकडाउनले गर्दा पनि बजारमा मुल्यवृद्धि भएको व्यापारीको भनाई छ । केही समय पहिला तरकारी, प्याजको भाउ समेत एकैपटक वृद्धि भएको थियो ।

लकडाउनका कारण उद्योग बन्द हुँदा बजारको माग अनुसार उत्पादन नभएकोले मूल्य बढेर आएको होलसेलले बताउने गरेको खुद्रा व्यापार संघले जनाएको छ । लकडाउनअघि १ हजार ५८० रुपैयाँमा पाइने एक दर्जन सनफ्लावर तेलको मूल्य अहिले १६ सय २० रुपैयाँ नाघेको छ । पहिले एक लिटर तेलका लागि १५६ रुपैयाँ पर्नेमा अहिले होलसेलले १६३ रुपैयाँ नघाएको छ । यसअघि २५५ रुपैयाँ प्रतिलिटरमा पाइने तोरिको तेलको मूल्य २६५ सम्म पु¥याइएको संघले जनाएको छ ।

तेलको प्याकेटमा एमआरपी २७० लेखेका कारण धेरै ठाउँमा सोहीअनुसार मूल्य कायम भएको हुन सक्ने संघको अनुमान छ । १६० रुपैयाँमा पाइने भटमासको तेलको भाउ पनि दसैँको पूर्वसन्ध्यामा लिटरमै पाँच रुपैयाँ बढेको छ । मासको कालो दाल प्रतिकिलो १३५ बाट बढेर १४५ रुपैयाँ पुगेको छ । यस्तै मुसुराको रातो दाल किलो मै १० रुपैयाँले बढेको खुद्रा व्यपारीहरुले बताएका छन् । केही समयअघि १२२ रुपैयाँमा पाइने उक्त दालको प्रतिकलो मूल्य १३२ रुपैयाँ पुगेको छ ।

फ्याक्ट्रीमा ६ महिना अगाडि बनेको उत्पादनमा धेरै अधिकतम् खुद्रा मूल्य राखेर पछि बिस्तारै होलसेलले मूल्य बढाउँदै लगेको साना व्यवसायीहरु बताउँछन् । तर, संघले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढेको र माग पनि उच्च हुँदा मूल्य बढेको दाबी गरेको छ । नेपालमा तेल, दालको कच्चा पदार्थ धेरै मात्रामा विदेशबाट आयात हुने गरेको र अन्तर्राष्ट्रिय बजारमा परेको संकट नेपालमा देखिएको संघले जनाएको छ । पहिले १ हजार ५ सय बोरामा बिक्री हुने चामलको भाउ भने १ हजार ३ सयमा झरेको छ ।

Nabintech