२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाध्यताको आन्दोलन,हसिया बोकेर खेतमा हुने बेला कालो व्यानर बोकेर सडकमा


कोहलपुर (बाँके)/ राप्ती सोनारी ३ का रामदुलारे थारुको खेतमा धान लहलह पाकेको छ । धान काटेर भित्राउनु पर्ने चटारो छ । तर, राम दुलारेलाई बर्ष भरीको खाद्य बाली भित्राउने चटारो भन्दा आफ्नो गाउँ बिद्युतीकरण गर्ने ठेक्का पाएको ठेकेदार कम्पनी बिरुद्ध कहिले नेपालगंज त कहिले अगैयामा आन्दोलनमा जानु परेको छ । राम दुलारे बाली घरमा भित्राउने बेला खेतमै धान छोडेर अन्दोलनमा जानु आफुहरुको रहर नभएर बाध्यता भएको बताउछन ।
राम दुलारेले ठेकेदारले ठेकेदार कम्पनी श्रीमउष्मा गौरी पार्वती जेभीले २०६९ सालमा सम्झौता गरेपनि हाल सम्म काम सुरुवात नगरेकै कारण आफुहरु बिद्युुत सेवा बाट बंचित भएको गुनसो गर्छन । सम्झौताको म्याद गुज्रिएको लामो समयपछि नेपाल बिद्युत प्राधिकरणले यही असोज ६ गते ठेक्का तोडेर काम आफै गर्न खोजेपछि भने आफुहरुमा छिटै बिद्युुत सेवा उपभोग गर्ने आशा पलाएको राम दुलारेको भनाई छ ।
ठेकेदार कम्पनीले नेपाल बिद्युुत प्राधिकरण बिरुद्ध तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासमा मुद्दा दर्ता गरे पछि भने राम दुलारेको आशामा तुसारापत भएको छ । बिद्युुत प्राधिकरणले आफैले काम सुरु गरेर बैजापुरमै रहेको धामपुर सबस्टेशन बाट बिद्युुत बिस्तार गरे ३ महिना भित्र बिजुलीको उज्यालोमा बस्न पाईने आशा गरेका थिए ।
बिद्युत विस्तार संघर्ष समिति राप्तीसोनारी नरैनापुरका संयोजक तथा पुर्वसभासद पट्टुु थारुले ठेकेदार कम्पनीको बदनियत पुर्ण कार्य बिरुद्ध खवरदारी गर्न आन्दोलनमा आउनु परेको बताउछन । आफुले काम पनि नगर्ने र बिद्युुत प्राधिकरण आफैले काम गर्ने गरि प्रक्रिया अगाडी बढाउन खोज्दा अवरोध गर्ने गरि ठेकेदार कम्पनीले दर्ता गरेको मुद्धाको बिरुद्धमा जन दवाव सृजना गर्न आफुहरु बाध्य भएको बताउछन ।
आन्दोलनका कार्यक्रम अन्र्तगत जिल्ला प्रशासनमा ज्ञपान पत्र,बिद्युुत कार्यालय घेराउ र सडक चाम सम्मका आन्दोलन कार्यक्रमहरु भई रहेको उनको भनाई छ । पाकेको धान खेतमै छोडेर साबिकको बैजापुर र नरैनापुर गाबिसका बासीन्दा आन्दोलतमा उत्रेको उनको भनाई छ । न्यालयको पनि ध्यानाकर्षण होस भन्ने उद्धेश्य मुलक आन्दोलन गरिएको उनले बताए ।
पुर्व सभाषद थारुले साबिकको बैजापुरको धामपुरमा ३३ केभि प्रशारण लाईनको सब स्टेशन भएपनि ठेकेदार कम्पनीको कारण सोही गाउँमा पनि बिद्युुत उपभोग गर्न नपाएको गुनासो गर्छन । हाम्रो गाउमा हालको नरैनापुर र राप्ती सोनारी भर बिद्युत पुर्याउने गरि सब स्टेशन छ तर, हामी नै बत्ति मुनिको अध्यारेमा बस्न बाध्य छौ । उनले अदालतले प्राधिकरणको पक्षमा फैसला गर्नेमा आफुहरु आशाबादी रहेको बताए ।
पुर्व निर्धारित कार्यक्रम अनुसार बिहीवार दुई घण्टाका लागि राजमार्ग अवरुद्ध पारिएको संघर्ष समितिका सह–संयोजक डिल्ली ओलीले बताए । समितिले यसअघि बिद्युतीकरणका लागि दवाव स्वरुप जिल्ला प्रशासन कार्यालय बाँके, बिद्युत प्राधिकरण प्रदेश पाँच डिभिजन कार्यालय नेपालगन्ज, राप्तीसोनारी गाउँपालिका कार्यालय लगायत निकायमा ज्ञापन पत्र बुझाइसकेको छ ।
संर्घषका कार्यक्रम अन्तर्गत शुक्रवार पनि राजमार्ग अवरुद्ध गर्नुका साथै तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासका अगाडी धर्ना दिने कार्यक्रम रहेको राप्ती सोनारीका युवा नेता अंकित श्रेष्ठले बताए ।
शुक्रवार तुलसीपुर उच्च अदालत नेपालगन्जको इजलासले बिद्युुत प्राधिकरणको पक्षमा फैसला गर्ने र आफुहरुले छिटै बिद्युत सेवा उपभोग गर्न पाउने आश साबिकको बैजापुर गाबिस र नरैनापुर गाबिसकका २७ गाउँका स्थानीयको आशा छ ।

Nabintech