१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अवैध रुपमा भित्रिन थाल्यो खसीबोका


कोहलपुर (बाँके)/ दशैको आगमन हुनु दुई साता अघि देखी नै सिमा नाकाबाट अवैध रुपमा खसी बोका भित्रिन थालेको छ । नेपाल –भारत खुल्ला नाकाबाट अबैध रुपमा भारतीय खसीबोका नेपाली बजारमा भित्रिन थालेका हुन । भारतबाट भन्सार छली गरी अबैध रुपमा आएका खसीबोकाको मुल्य नेपालको भन्दा केही सस्तो पर्ने हुँदा स्वदेशमा तयार पारिएका खसीबोकाले बजार पाउन समेत छाडेको छ । खसीबोका व्यवसायीका अनुसार भारतबाट आयात गरिएका जिउदो खसीबोकाको मुल्य प्रतिकेजी ५ सय ३० रुपैयाँ छ भने नेपालीे खसीबोकाको मुल्य प्रतिकेजी ६ सय ३० देखि ६ सय ५० रुपैयाँ सम्म रहेको ।

भारतबाट भन्सार छली अवधै रुपमा आएका खसीबोकाको मुल्य नेपालमा उत्पादन भएको खसीबोका भन्दा सस्तो हुने हृँदा नेपाली खसीबोका विक्री नै हुन छोडेको हो । नेपालमा उत्पादन भएका खसीबोका भन्दा भारतीय मोटाघाटा चिल्ला देखिने हुँदा धेरै व्यापारीले भारतबाट आएका खसीबोका किन्ने गर्छन । नेपालमा तयार पारिका खसीबोका हेर्दा दुब्लो पातलो देखिने र विभिन्न जिल्लाबाट संकलन गरेर ल्याउने भएकाले भारतीय खसीबोका भन्दा केही महँगो हुनुलाई स्वाभाविक रुपमा लिइने गरिएको छ । यस्को लागि सरकारी नियकाले नै नेपाली उत्पादनलाई प्रोसाहित गर्नु भन्दा भारतबाट खुल्ला नाकाबाट भन्सार छली अबैध रुपमा आउने व्यापारलाई बढुवा दिएको आरोप व्यवसायीहरुको छ ।

भारतीय खसीबोका नेपाली बजारमा आउँदा विभिन्न ठाउँबाट सजिलै आउने गरेको तर नेपाली उत्पादनलाई काठमाडौँ सम्म पु¥याउन व्यवसायीले अनेक झमेला झेल्नु परेकोले पनि समस्या देखिदै आएको खसी व्यवसायी पान्दाक श्रेष्ठ बताउछन । विगत वर्षमा काठमाडौमा मात्रै दशैमा दैनिक ५ हजार सम्म खसीबोका खपत हुने गरेकोमा यो वर्ष कोरोनाका कारण दैनिक एक हजार ५ सय सम्म पनि खसीबोका खपत हुन सक्ने अवस्था नहरेको व्यवसायीहरुको भनाई छ । तर पशुसेवा विभागका महानिर्देशक डा। वंशी शर्माले भने नेपालमा खसीबोका उत्पादन पर्याप्त भएको भन्दै भारतीय खसीबोका नआएको दावी गरेका छन । उनले भारतबाट आयात हुने खसीबोकाको क्वारेन्टीन प्रमाणपत्र विना भन्सारबाट आयात गर्न नपाइने हुँदा यो वर्ष भारतबाट एउटा पनि खसीबोका नेपाली बजारमा नभित्रिएको जिकिर गरे ।

भारतबाट आयात गर्दा भन्सार शुल्क लाग्ने हुँदा भारतीय खसीबोका व्यापारीले अहिले आयात नै नगरेकोमा महानिर्देशक डा। शर्माले जोड दिएका छन । गतवर्ष दशैलाई खसीबोका केही कम हुने देखेपछि १५ हजार खसीबोका आयात भएकोमा त्यसपछि भारतीय खसीबोका आयात नभएको बिभागले जनाएको छ । बिभागले बजार अनुगमनक गर्ने कार्य सबै स्थानीय तहलाई दिएको बताएको छ ।

Nabintech