११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा दिप प्रज्वलन गरिदै


कोहलपुर(बाँके)/ प्रदेश ५ को राजधानी र नामांकान टुगो लागेको खुशियालीमा मंगलवार कोहलपुरमा खुशियाली स्वरुप दिप प्रज्वलन गरिने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा कोहलपुर नगर कमिटीको आयोजनामा आज ६ बजे दिप प्रज्वल गरिन लागेको नगर अध्यक्ष बसन्ती अधिकारीले जानकारी दिईन ।
लोकतान्त्रिक प्रक्रियाबाट प्रदेशको नामाकरण तथा राजधानी टुङ्ग्याउन सफल भएकोमा प्रदेश सरकार, माननीय मुख्यमन्त्री शंकर पोख्ररेल, प्रदेश सभा एवं सभामुख पूर्ण घर्ती , प्रदेश सभाका सदस्यहरुलाई धन्यवाद दिने कार्यकम रहेको अध्यक्ष अधिकारीको भनाई छ ।
प्रदेश ५ का जनतालाई पायक पर्ने स्थान दाङको राप्ती उपत्यकालाई राजधानी तोकिएको र बिश्व शान्तीका अग्रदुत गौतम बुद्धको नामाबाट प्रदेशको नामाकरण गरिएको खुशिमा सहभागी हुन नेकपा नगर सचिव तुलाराज बिष्ट बिहानीले नगरवासीमा अपिल समेत गरेका छन ।

Nabintech