२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अनेरास्ववियुका तिन केन्द्रीय सदस्यको लिखित असहमती


कोहलपुर (बाँके) /अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबीच बाँके जिल्ला कमिटीलाई पुर्णतामा तिन जना केन्द्रीय सदस्यले लिखित असहमती केन्द्रीय संयोजक र सह संयोजकसंग दर्ता गराएका छन ।
सोमबार अनेरास्ववियु बाँकेका संयोजक शुरेद्र शाह (जम्बो) र सह संयोजक टेकन्द्र मल्लले एक बिज्ञप्ति जारी गर्दै जिल्ला कमिटीलाई पूर्णता दिएसंगै बिवादीत बनेको जिल्ला कमिटी चएन प्रक्रिया बिधी बिपरीत भएको भन्दै सच्याउन माग सहित लिखित असहमती पत्र पठाईएको केन्द्रीय सदस्य सुर्य रोकायले जानकारी दिए ।
जिल्ला कमिटी गठन गर्दा भुगोलमा रहेका अनेरास्वबियुका केन्द्रीय सदस्यलाई कुनै जानकारी नदिएको र पुर्ववत संगठनको जिल्ला कमिटीमा रहेका बिद्यार्थी नेताहरुलाई बाहीर राखीएकाले असहमती केन्द्रीय संयोजक र सह संयोजकलाई पठाउनु परेको अर्का केन्द्रीय सदस्य राजेन्द्र बिष्टले जानकारी दिए ।
तत्कालीन अनेरास्ववियुका बाँके अध्यक्ष समेत रहेका अनेरास्ववियुका केन्द्रिय सदस्य मोहित शाह,राजेन्द्र बिष्ट,सुर्य रोकायले नव गठित जिल्ला कमिटी गठन प्रती आपत्ति जनाउदै आएका छन ।
उनिहरुले विधि विधान र केन्द्रिय सर्कुलरलाई लत्याएर पार्टी फ्याक्सन इन्चार्ज र भूगोलका केन्द्रिय सदस्यहरुसंग सल्लाह नगरेर बनाइएको बाँके जिल्ला कमिटी आफुहरुलाई अस्वीकार्य भएको बताएका छन । तत्कालीन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका अधिकाँस नेताहरु हाल सो कमिटीमा परेका छैनन ।
तिन केन्द्रीय सदस्यले बिधी बिपरीत गठित कमिटी निलम्वन गरी,अबिलम्व अर्को कमिटी गठनका लागि माग समेत गरेका छन ।

 

 

 

Nabintech