११ माघ २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राप्तीसोनारी गाउँपालिकाका ४ वटा खोलामा ठेक्का लाग्यो


कोहलपुर (बाँके)/ बाँकेमा नदीजन्य पदार्थको भण्डारका रुपमा रहेको राप्तीसोनारी गाउँपालिकाका ४ वटा खोलामा ठेक्का लागेको छ । गाउँपालिकाले आह्वान गरेको टेण्डरमा अधिकतम् कबुल अंकका आधारमा ४ वटा खोलामा ठेक्का लागेको हो ।
८ वटा मध्ये ४ वटामा टेण्डर नपरेपछि भोलि पुनः टेण्डर आह्वान गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताउनुभयो । बस्नेतका अनुसार जलालघाटमा ५ करोड ३० लाख, टिकुलीपुरमा ५ करोड १२ लाख, झिझिरी खोलामा १ करोड ५५ लाख र खैरी खोलामा १ करोड ४६ लाख गरी जम्मा १३ करोड ४५ लाखमा ठेक्का गएको हो । ४ वटा खोलाका लागि ८ वटा निर्माण कम्पनीले टेण्डर दर्ता गराएका थिए ।
ढुङ्गाको खानी मुगुवा खोला र बालुवा ग्राभेलको खानी बग्दैलाघाटमा भने ठेक्का लाग्नै बाँकि छ । प्रमुख प्रशासकीय अधिकृतका रुपमा बस्नेत आएपछि राप्तीसोनारीमा नदीजन्य पदार्थको चोरी निकासीमा कडाई गरिएको स्थानीयहरु बताउँछन् । प्रमुख प्रशासकीय अधिकृत बस्नेतको क्रियाशिलता र प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको अबैध उत्खनन् नियन्त्रणका कारण यो सफलता मिलेको स्थानीय बताउँछन् ।
गत बर्ष कुनै पनि ठाउँमा ठेक्का लाग्न नसक्दा गाउँपालिकाले ठूलो राजश्व गुमाएको थियो ।

Nabintech