२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
विद्युतका लागी आन्दोलन, अदालतमा धर्ना देखि चक्काजामका कार्यक्रम सार्वजनिक


कोहलपुर बाँके / विद्युत विस्तारमा फेरी बाधा अड्चन गरेपछि राप्ती सोनारी र नरैनापुरका स्थानीय बासिन्दाहरु आन्दोलन उत्रिएका छन् । उनीहरुले मंगलबार बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन । १ सय ५० बढिको संख्यामा आएका स्थानीय बासिन्दा तथा विभिन्न पार्टीका नेता कार्यकर्ताहरुले प्रजिअ समक्ष आक्रोस पोख्दै सरकारी कार्यालय घेराउ देखि राजमार्ग बन्द गर्ने सम्मका आन्दोलन गर्ने भनेका छन् ।
संविधान सभा सदस्य पट्टु थारुको संयोजकत्वमा गठन भएको संघर्ष समितिले मंगलबार प्रजिअ संगै क्षेत्रिय विद्युत प्राधिकरण, सबै राजनीतिक दलका कार्यालय तथा सम्वन्धीत सरोकारवाला निकायमा पनि ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै प्रजिअ रामबहादुर कुरुवाङले यस बिषयमा आफु निकै सकारात्मक रहेको र प्र।जि अ को हैसियतले सम्मानित अदालतलाई विद्युत विस्तारको पक्षमा जवाफ दिएको बताएका छन् । ज्ञापन पत्र बु्झाउन आएको टोलीलाई सान्त्वना दिदै संघर्षका कार्यक्रम नगर्ने गरि तपाईहरुको माग सम्वोधन हुने समेत प्रजिअ ले उल्लेख गरेका छन् ।
कोहलपुर बाट धामपुरको सब स्टेशन सम्म ३३ केभीको मुख्य लाइन गएपनि गाउँ गाउँमा वितरण भने हुन सकेको छैन । विद्युत प्राधिकरणले अड्किएको कामलाई अगाडी बढाउन खोज्दागौरी पार्वती उष्मा जे।भीका प्रमुख ठेकेदार राजेन्द्र मिश्रले उच्च अदालत नेपालगन्जमा मुद्धा दर्ता भएपछि स्थानीयहरु झनै आक्रोशित बनेका हुन । उनीहरुले यहि २२ गते दिउँसो १द्द बजेदेखि २ बजे सम्म पुुर्व पश्चिम राजमार्गको अगैयामा चक्काजाम गर्ने, २३ गते नेपालगन्जको सम्मानित उच्च अदालत बाहिर धर्ना दिने उल्लेख गरेका छन् । सुनुवाई नभएको खण्डमा पुर्वपश्चिम राजमार्गको अगैयामा अनिश्चिकालिन चक्काजाम गर्ने जनाएका छन् । अहिले पनि राप्ती सोनारी वडा न। ३, ४ वडाका गरि २३ गाउँ अझै पुर्ण रुपमा विद्युत पुगेको छैन । भने वडा नम्बर ५ का केहि गाउँ र नरैनापुर गाउँपालिकाको ५ वटा भन्दा बढि वडामा विद्युत विस्तार हुन सकेको छैन । २०६४ सालमा ४६ करोड लागतमा ३३ केभी लाइन विस्तारका लागि टेण्डर भएको भएपनि कामको जिम्मा पाएको गौरी पार्वती उष्मा जे।भीले १४ बर्ष सम्म काम नगरेपछि विद्युत विस्तार हुन सकेको थिएन । नेपालगन्ज हुँदै फत्तेपुर सम्म विस्तार भएको लाईन जोडेर राप्ती सोनारीका वडा न। ५ का केहि गाउँमा भने विद्युत पुगेको छ । यस विषयमा संघिय सांसद महेश्वर गहतराज अथकले पनि सोमबार पत्रकार सम्मेलन गरेर तत्काल विद्युत विस्तारको काम हुनुपर्ने माग राखेका थिए ।

Nabintech