१२ मंसिर २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अनेरास्ववियु बाँकेको एकिकरण पुर्णता दिने प्रक्रिया विवादमा


कोहलपुर (बाँके)/ अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबीच बाँके जिल्ला कमिटीलाई पुर्णता दिने प्रक्रिया बिवादीत बनेको छ ।
सोमबार अनेरास्ववियु बाँकेका संयोजक शुरेद्र शाह (जम्बो) र सह संयोजक टेकन्द्र मल्लले एक बिज्ञप्ति जारी गर्दै जिल्ला कमिटीलाई पूर्णता दिएको जनाएका थिए ।
तर, सो वारे भुगोमा रहका अनेरास्वबियुका केन्द्रीय सदस्यलाई कुनै जानकारी नदिएको र पुर्ववत संगठनको जिल्ला कमिटीमा रहेका बिद्यार्थी नेताहरुलाई बाहीर राखेर एकता प्रक्रिया टुगोमा पुर्याईएको आफुहरुको बिरोध रहेको अनेरास्ववियुका केन्द्रीय सदस्य राजेन्द्र बिष्टले जानकारी दिए ।
तत्कालीन अनेरास्ववियुका बाँके अध्यक्ष समेत रहेका अनेरास्ववियुका केन्द्रिय सदस्य मोहित शाह,राजेन्द्र बिष्ट,सुर्य रोकायले नव गठित जिल्ला कमिटी गठन प्रती आपत्ति जनाउदै विधि बिधान र केन्द्रिय सर्कुलरलाई लत्याएको बिरोधमा केन्द्रीय समिती र नेकपा बाँकेलाई ज्ञापन पत्र समेत बुझाउने तयारी भई रहेको बिधार्थी नेताहरुले बताएका छन ।

उनिहरुले विधि विधान र केन्द्रिय सर्कुलर लाई लत्याएर पार्टी फ्याक्सन इन्चार्ज र भूगोलका केन्द्रिय सदस्यहरु संग सल्लाह नगरेर बनाइएको बाँके जिल्ला कमिटी आफुहरु लाई अस्वीकार्य भएको बताएका छन । तत्कालीन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका अधिकाँस नेताहरु हाल सो कमिटीमा परेका छैनन ।
संयोजक र सह संयोजकले गल्ती नसच्चाए समानात्तर कमिटी गठन गरिने चेतावनी बिद्यार्थीहरुको छ ।

Nabintech