३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर ४ का वडा सदस्य जागाले आफ्नै मतदाता कुटे

एक्सरे रिपोटमा ठाँउ ठाँउमा निल डाम, मेडिकल कलेज कोहलपुरले बनाएको घाउ जाँच रिपोर्ट भने नर्मल



कोहलपुर (बाँके)/ कोहलपुर नगरपालिका वडा नं ४ का वडा सदस्य लण्डन जागाले आफ्नै मतदात कुटेका छन् ।
जागाको हासले आफ्नो धान खाए पछि हास धपाउदै गरेकी कोहलुर ४ कै ३२ बर्दिया सुफिया बेडुवालाई जागा परिवारले निर्धात कुटपिट गरेको पिडितले बताएकी छन् ।
सुफियाका अनुसार हासले धान खाएछ भन्दै माटोको डल्लाले हास धपाउदै थिए वडा सदस्य रहेका जागाँ उनको भन्ज बब्बुल जागा लगायतका घर परिवार मिलेर कुटपिट गरेका हुन् । कुटपिट बाट घाईते बनेकी सुफिया मेडिकल कलेज कोहलपुरमा उपचार गरिएको छ । २ दिन हस्पीटमा रहदा आफ्नो ढाँडको एक्सरे र टाउकाको सिटी स्क्यान गरि उपचार गरिएको नयाँ कोर्सलाई बताईन् ।
सिटि स्क्यान र एक्सरेको गरेको फाईल बोकेर मंगलवार उनि सहित गाँउलेहरु ईलाका प्रहरी कार्यालय कोहलपुर आई पुगेकी छन् ।
समान्य आखाले हेर्दा एक्सरे रिर्पाेटमा छातिको पछाडी भागमा ठाँउ ठांउमा निलो डाम देखीएको छ ।
सुफियाले कोहलपुर मेडिकल कलेजमा समेत आफ्नो उचित तवरले उपचार नगरिएको गुनासो गरिन् । उनले वडा सदस्य समेत रहेका जागा लगायतको चलखेलमा प्रहरीको घाँउ जाँचको रिपोट समेत गलत तवरले बनाईएको आरोप लगाएकी छन् । घाँउ जाच रिपोर्टमा नर्मल लेखिएको छ ।
गतल तरिकाले घाउ जाँच बनाएको तथा पिडक लण्डन जागा लगायतलाई पक्रउ गरि कार्यवाही नगरिएको भन्दै कोहलपुर ४ का स्थानिय मंगलवार ईलाका प्रहरी कार्यालय कोहलपुरमा भेला भएका छन् ।
ईलाका प्रहरी कार्यलय कोहलपुरका प्रमुख कुलदिप चन्दले कुटपिट भएको भन्दै १५ गते प्रहरीमा उजुरी आएको जानकारी दिए । दुवै पक्षलाई राखेर घटना बारे जानकारी लिने काम भई रहेको जानकारी दिँदै घटना सम्लग्न पक्ष बिच मंगवार छलफल गरिने जानकारी दिए । मगलवारको छलफल पछि आवश्यक कार्यवाही प्रक्रिया सुरु हुने नयाँ कोर्सलाई जानकारी दिए ।
वडा सदस्य जागाले आफुले कुटपिट नगरेको दाबि गरेका छन । उनले हासले धान खाएको बिषयमा बिवाद भएको स्किार गदै आफुले केही नगरेको दाबी गरे । उनले आफ्नो घरका परिवार र सोफिया बिच हात हालाहाल भएको दाबी गरे ।

Nabintech