१० श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
हिजो ६ जिल्लामा सिमित लुम्विनी आज १२ जिल्लामा विस्तारित हुँदैछ’-मुख्यमन्त्री शंकर पोखरेल


कोहलपुर /प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्विनी विस्तार भएर जाने बताएका छन् । सोमवार उनले सामाजिक सञ्जाल मार्फत प्रदेशका १२ जिल्लमा लुम्विनीको भावना विस्तारित हुने सार्वजनिक गरेका हुन् ।
‘हिजो ६ जिल्लामा सिमित लुम्विनी आज १२ जिल्लामा विस्तारित हुँदैछ’,पोखरेलले भने,‘यो सिंगो प्रदेशबासीको गौरवको विषय बन्दैछ ।’ प्रदेश स्थापना भएको तीन वर्षपछि प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने तयारी भइरहँदा मुख्यमन्त्री पोखरेल प्रदेशको नाम ‘लुम्विनी’ नै हुनेमा ढुक्क देखिन्छन् ।
प्रदेशसभामा राजधानीको नाम ‘लुम्विनी’ र राजधानी दाङको भालुवाङ (देउखुरी) क्षेत्रमा राख्ने प्रस्ताव गरिएको छ ।

Nabintech