१० श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
ट्राफिक प्रहरीले चाडपर्व लक्षित योजना ल्याउँदै


कोहलपुर /चाडपर्वको समयमा हुने दुर्घटना न्युनिकरणका लागि कोहलपुरमा अन्तरक्रिया गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय बाँकेको आयोजनमा भएको कार्यक्रममा समाजसेवि, बुद्दिजिवि पत्रकार र स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
अन्तरक्रियाामा नेपालीहरुको महान चाँड वडादशैं, दिपावली र छठ पर्वको समयमा राजमार्गहरुमा सवारी साधन तथा यात्रुहरुको चाप बढनुका साथै सवारी दुर्घटना भई ठुलो जनधनको समेत क्षति हुन सक्ने भएकोले सुरक्षित यात्रा बनाउने बारे छलफल भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख राजु भण्डारीले जानकारी दिए ।
भण्डारी हालै ट्राफिक प्रहरी प्रमुखका रुपमा बाँके आएका हुन ।

Nabintech