५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
गाउँपालिकाको निर्णयको विरोधमा ज्ञापन पत्र

गाउँपालिकाले गरेको निर्णय सच्याई प्रचलित कानुन अनुसार नगरे राष्ट्रिय युवा संघ बाँकेले चरणबद्ध आन्दोलन गर्ने



 

राष्ट्रिय युवा संघ बाँकेले जिल्ला प्रशासन कार्यलय बाँके र राप्ती सोननारी गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । राप्तीसोनारी गाउँपालिकाले नदिजन्य पदार्थ उत्खनन् र ओसार पसारमा  गरेको निर्णयका विरुद्ध ज्ञापन पत्र बुझाइको हो ।

गाँउपालिकाले नदिजन्य पदार्थको विक्रिवितरणका लागि तिन पटक टेण्डर खोलेर मिलोमतोमा बदर गरि गाउँपालिका आफैले विक्रिवितरण गर्ने निर्णयको विरोध गर्दै राष्ट्रिय युवा संघ बाँकेले कानुन संगत ढंगबाट कामगर्न माग गरेको छ । पालिकाले कानुन सम्मत ढंगले नदिजन्य पदार्थको ठेक्का नखोल्दा विकास निर्माणकाकाम समेत प्रभावित भएको राष्ट्रिय युवा संघ बाँकेका सह–संयोजक आकाश कार्कीले बताए ।

चालु आर्थीक वर्षको सुरुमै खोल्लु पर्ने ठेक्का विभिन्न बाहानामा बदर गरि पालिकाका केहि पदाधिकारी र कर्मचारीको मिलोमतोमा आफु अन्कुलका केहि व्यक्तिलाई नदिजन्य पदार्थ उत्खनन र ओसार पसार गर्ने जिम्मा दिएकाले त्यसको विरोध स्वरुप राष्ट्रिय युवा संघ बाँकेले ज्ञापन पत्र बुझाएको संयोजक कुश्माखर बस्यालले बताए । गाउँपालिकाले गरेको निर्णय सच्याई प्रचलित कानुन अनुसार नगरे चरणबद्ध आन्दोलनका कार्यक्रमसँगै तालावन्दि समेत गरिने उनले बताए ।

गाउँपालिका भित्र पर्ने नदिहरुकाट नदिजन्य पदार्थ निकासिको ठेक्का बदर गर्दा बाँकेका निर्माण भैरहेका हुलाकी राजमार्ग लगाएतका ठुला तथा साना आधा दर्जन बढि आयोजनाहरु प्रभावित भएका छन् । गैर कानुनी ढंगबाट गाउँपालिका आफैले नदिजन्य पदार्थ निकासि गरि पैसा कमाउने उद्धेश्यमा गाउँपालिकाका अध्यक्ष,कर्मचारी र केहि वडा अध्यक्षहरुले चलखेल गरेको आरोप राष्ट्रिय युवा संघ बाँकेले लगाएको छ ।

Nabintech