१५ मंसिर २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना माहामारीका कारण सबै भन्दा बढि मजदुर  प्रभाबित-अध्यक्ष सिंखडा


कोहलपुर बाँके अखिल नेपाल ट्रेड युनियन महाँसघका केन्द्रीय अध्यक्ष जगत सिंखडाले कोरोना माहामारीका कारण सबै भन्दा बढि मजदुर  प्रभाबित भएको बताएका छन ।
सिंखडाले कोरोनाको बहाना बनाउँदै श्रम ऐन बिपरीत लाखौ मजदुरहरुलाई रोजगार बिहीन बनाएको बताए ।
शनिवार बाँकेको कोहलपुरमा आयोजित महाँसघको ५ नं प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन । उनले श्रम ऐनको धारा १४५ मजदुर बिरोधी रहेको भन्दै त्यसको खारेजीको माग गरे ।
सिखडाले रोजगार क्षेत्रमा श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा रोजगारदाताहरुले आनाकानि गरिरहेको भन्दै अव निर्णायक आन्दोलनको खाँचो रहेको धारणा राखे ।
भेलामा प्रदेश ५ अन्र्तगतका १२ जिल्लाका महाँसघ आवद्ध नेतृत्वको सहभागिता रहेको थियो । कार्यक्रमा सिखडाले महाँसघको तर्फ बाट १२ ओटै जिल्लामा फ्रन्ट लाईनमा कार्यरत मजदुरहरुको लागी पिपिई सेट,मास्क , सेनिटाईजर लगायतका सामाग्रि बितरण गरेको अखिल नेपाल ट्रेड युनियन महासघ बाँकेका सचिव राजकुमार बिसीले जानकारी दिए ।
कार्यक्रममा महासघ प्रदेश ५ का संयोजक दान बहादुर ओली , बाँके जिल्ला अध्यक्ष बसन्त मल्ल लगायतको सहभागिता रहेको थियो ।
अखिल नेपाल ट्रड युनियन महाँसंघले एकता भेलालाई टुगो लगाउन र कोरोना महामारीका कारण श्रम क्षेत्रमा परेको असर कम गर्न अभियानात्मक कार्यका लागि ७ ओटै प्रदेशमा भेलाको आयोजाना गरि रहेको छ ।

Nabintech