२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रदेश ५:नाम र राजधानीको प्रस्ताव प्रदेशसभामा पेस, १९ गते मतदान हुँदै


कोहलपुर (बाँके)/ प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएको छ । प्रदेशका ५ कानुनमन्त्री कुलप्रसाद केसीले सरकारका तर्फबाट सो प्रस्ताव प्रदेशसभामा पेस गरेका हुन् ।
प्रस्तावमाथि अन्तिम टुंगो लगाउन १९ गते मतदान हुने प्रदेशसभा सचिवालयले कार्यसूची बनाएको छ । दिउँसो १२ बजे संसदमा मतदान हुने प्रदेशका सभामुख पूर्ण घर्तीको स्वकीय सचिवालयले जानकारी दिएको छ ।
प्रदेशको राजधानी र नामको प्रस्तव संसदमा पेस गरेपछि शनिबार बिहान नेकपा संसदीय दलले बैठक बोलाएको छ । बिहान ८ बजे संसदीय दलको बैठक बोलाएको हो । नेकपा प्रदेश कमिटीले आफ्ना सांसदरहरूलाई सरकारले ल्याएको पक्षमा मतदान गर्न अनौपचारिक ह्विप जारी गर्न बैठक बोलाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी बनाउने विषयमा सहमति भएको थियो । यो विषयमा नेकपाको सचिवालय सदस्यहरूबीच पनि अनौपचारिक छलफल भएको थियो ।

Nabintech