२४ बैशाख २०७८, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय

प्रदेश ५ को राजधानी दाङ बनाउन नेकपाको निर्देशन



बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो । त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता हुने एक मन्त्रीले जानकारी दिए ।

प्रदेश सभा सदस्य आईपी खरेलले १२ जिल्लालाई पाएक पर्ने स्थान भालुवाङ र लमही बजारलाई केन्द्रमा राखेर निर्णय गर्दा उपयुक्त हुने बताएका छन् ।

प्रदेश ५ को राजधानी दाङ बनाउन नेकपाको निर्देशन

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ५ को राजधानी दाङ तोक्न निर्देशन दिएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले यस्तो सहमति गरेको हो ।

लामो समयदेखि प्रदेश ५ को राजधानीको विषयमा विवाद उत्पन्न हुँदै आएको थियो । तर, अध्यक्ष ओली र प्रचण्डबीचको छलफलले दाङको भालुवाङलाई प्रदेश राजधानी तोक्ने विषयमा सहमति भएको नेकपाका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

दुई अध्यक्षले दाङलाई प्रदेश ५ को राजधानी तोक्न प्रदेशका इन्चार्जलाई निर्देशन दिइसकेका छन् । प्रदेश पाँचको इन्चार्ज मुख्यमन्त्री शंखर पोखरेल रहेका छन् । पोखरेलले दाङलाई नै प्रदेशको राजधानी बनाउनुपर्ने भन्दै लबिङ गर्दै आएका थिए ।

 

Nabintech