४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरका सबै शैक्षिक संस्थाहरु चैत मसान्त सम्मका लागि बन्द


 कोहलपुर/ नगरपालिका भित्रका सबै शैक्षिक संघ–संस्थाहरु चैत मसान्त सम्मका लागि बन्द हुने भएकाछन् । कोहलपुर नगरपालिकाको, नगर शिक्षा शाखाले बिहीबार (आज) एक सूचना जारी गर्दै नगरपालिका भित्र रहेको सम्पूर्ण शैक्षिक संस्थाहरुले सञ्चान गरेका शैक्षिक गतिविधिहरु बन्द गर्न सूचना जारी गरेपछि शैक्षिक संघ–संस्थाहरु चैत मसान्त सम्मका लागि बन्द हुने भएका छन् ।

नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले सूचना जारी गर्दै सामुदायिक तथा निजी क्षेत्रबाट सञ्चालित बालविकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरुको दैनिक पठनपाठन, सरकारी, सामुदायिक तथा निजी क्षेत्रका तालिम केन्द्र, शैक्षिक परामर्श केन्द्र, शैक्षिक प्रतिष्ठानबाट सञ्चालित सम्पूर्ण गतिविधिहरु बन्द गर्न आह्वान गरिएको छ ।विश्वमा कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिँदै गएपछि केन्द्र सरकारको निर्णय अनुसार नै कोहलपुरका शैक्षिक संस्थाहरु पनि चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।

बागेश्वरी बहुमुखी क्याम्पसले पनि अर्कौ सूचना जारी नहुँन्जेसम्मका लागि पठनपाठन बन्द गरेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको निर्देशन अनुसार अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि पठनपाठन बन्द गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।

Nabintech