कोहलपुर (बाँके)/ बाँकेका स्थानीय तहहरुले भेरी अस्पताललाई १ करोड उपलब्ध गराउन सहमती जनाएका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले भेरी अस्पतालमा ७५ वेडको कोरोना वार्ड सञ्चालन गर्ने निर्णय गरेसँगै बाँकेका स्थानीय तहहरुले भेरी अस्पताललाई १ करोड उपलब्ध गराउन सहमती जनाएका हुन् ।
बाँकेका स्थानीय तहका प्रमुखहरु सहित बिहिवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले भेरी अस्पतालमा तत्काल थप ७५ बेडको कोरोना वार्ड संचालन गर्ने निर्णय गरेको र त्यसकालागि बाँकेका सबै स्थानीय तहले र १ करोड उपलब्ध गराउने सहमति गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।
भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमामा संक्रमितको संख्या बढ्दै गएपछि बेड अभाव भएको छ ।