२० फाल्गुन २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
ठेकेदारले मुद्दा हालेपछि जनता आक्रोसित


कोहलपुर /राप्तीसोनारीको बैजापुर र नरैनापुरको बिद्युतिकरणको कामगर्ने जिम्मा लिएर काम नगर्ने ठेकेदारले बिद्युत प्राधिकरणका बिरुद्ध मुद्दा हालेपछी स्थानिय जनताहरु आक्रोसित भएकाछन ।
२०६९ सालमा राप्तिसोनारीको बैजापुर र साबिकको नरैनापुरको ४ नं वडामा विद्युतिकरणको जिम्मा लिएको ठेकेदार कम्पनीले हाल सम्म पनि काम नगरेको भन्दै प्राधिकरणले उसको ठेक्का रद्ध गरेपछी र ठेकेदार कम्पनीले बिद्युतको काम नगर्नु नगराउनु भनि प्राधिकरणका बिरुद्ध मुद्दा दायर गरेपछी स्थानियहरु ठेकेदार कम्पनीसँग आक्रोसीत भएकाहुन ।
लामो समय सम्म पनि ठेक्का पाएको ठेकेदारले काम नगरेका कारण स्थानियहरु अन्धकारमा बस्न बाध्य बएका थिए । साबिकको बैजार गाबिसको ३ र ४ नं वडा नरैनापुरको ४ नं वडामा पुर्णरुपले बिद्युतिकरणको काम गर्ने भनि २०६९ सालमा राजेन्द्र मिश्र प्रोप्राइटर रहेको श्री गौरी पार्बती श्रीम उष्मा जेभी कम्पनीले ठेक्का लिएको थियो ।
८ करोड ७० लाखमा ठेक्का लिएको उक्त ठेकेदार कम्पनीको लापरवाहीका कारण बिद्युतको काम नहुँदा स्थानिय जनताहरुले सास्ती खेप्दै आएकाछन । काम नगर्ने ठेकेदारको ठेक्का रद्ध गरि बिद्युत प्राधिकरणले आफै काम गरोस भन्ने माग सहित स्थानिय जनताहरु पटक पटक बिद्युत प्रधिकरणमा दबाव दिँदै आएका थिए ।
२०६९ सालमा नै एडभान्स पेमेन्ट स्वरुप ८६ लाख रुपैया लिएको ठेकेदार कम्पनीले बिद्युत प्राधिकरणलाई पटक पटक झुक्याउदै आएको थियो ।पटक पटक झुक्याउदै आएको ठेकेदार कम्पनीले सम्झौता बमोजिम काम नगरेपछी बिद्युत प्राधिकरणले २०७७ साल असोज ६ गते उसको ठेक्का रद्ध गरेको थियो ।
यस भन्दा पहिला पनि २०७६ सालमा राप्तीपारीको ३३ के भी प्रसारण लाइनको सोही कम्पनीको ठेक्का रद्ध भएको थियो र त्यसमा पनि उक्त ठेकेदार कम्पनीले तुलसीपुर उच्च अदालतमा रद्ध भएको ठेक्का उल्टाउन मुद्दा दायर गरेको थियो तर उच्च अदालतले बिद्युत प्राधिकरणकै पक्षमा फैसला गरपछी ३३ के भि प्रसारण लाइन बिद्युत प्राधिकरणले आफै सम्पन्न गरेको थियो ।
सोही कम्पनीको बैजापुर र नरैनापुरको बितरण लाइनको ठेक्का पनि रद्ध हुन्छ कि भन्ने डरले उक्त कम्पनीले ठेक्का रद्ध नगरियोस,बैक धरौटी जफत नगरियोस,र टेन्डर रद्द गर्नेलाई कारवाही गरियोस भन्दै तुल्सीपुर उच्च अदालतमामा अर्को मुद्दा दर्ता गरेको थियो । उच्च अदालतले बिद्युत प्राधिकरणलाई यही १४ गते पत्रकाटी यही असोज २३ गते बहसको लागि उपस्थित हुने भन्ने पत्र काटको छ । ठेकेदार कम्पनीले २०७७ साल जेठ महिना भित्र सबै काम पुर्ण रुपले गरिक्ने कार्यतालिका बिद्युत प्राधिकरण लाई दिएको तालिका अनुसार कुनै पनि कामको सुरुवातै नगरेको हुनाले प्राधिकरण ठेक्का रद्ध गर्न बाध्य भएको नेपाल बिद्युत प्राधिकरण ५ नं प्रदेस डिभिजन कार्यालयका प्रमुख मुनेन्द्र ठाकुरको भनाइ रहेको छ ।
डिभिजन प्रमुख ठाकुरका अनुसार ठेकेदार कम्पनीले कुन कुन महिनामा के के कामगर्ने भन्ने बिस्तृत रुपमा दिएको कार्यतालिका आफुसँग सुरक्षित रहेको र प्रतिवद्धता गरेको कार्यतालिका अनुसार कुनैपनि काम नगरेकोले आफु बलियो भएको जानकारी गराए ।
ठेकेदार कम्पनीको लापरवाही र ढिला सुस्तीबाट हैरान भएका बैजापुर र नरैनापुर बासी ठेकेदारको ठेक्का रद्ध भएपछी खुसी भएका थिए । उनिहरु काम नगर्ने ठेकेदा बाट मुकति पाइएको र अब छिटटै प्राधिकरणले कामगर्ने भयो भनेर ढुक्क भएका थिए ।
तर, मुद्दा परेपछी भने उनिहरुमा निरासा र आक्रोस पैदा भएको छ । राप्तीपारीको बिद्युतीकरणका लागि अहिरात्र खटिरहेका बाँके क्षेत्र नंं १ का संघिय साँसद महेश्वर गहतराज अथकले ठेकेदारले चरम लापरवाही गरेर राप्तीपारीका जनतालाइ अन्धकारमा बस्न बाध्य बनाएकोले उस्को कम्जोरी प्रस्टै भएकाले जनताकै पक्षमा फैसला हुने कुरामा आफु बिस्वस्त रहेको बताए।
बैजापुरकै स्थानियबासी रहेका संविधान सभा सदस्य पट्टु थारुले ठेकेदार कम्पनीले अझै पनि मुद्दामामिला गरि जनतालाई दुख दिन खोजे जनता आन्दोलनमा उत्रन बाध्य हुने जनाए ।
यस्तै नेकपा राप्तीसोनारी गाऊकमिटिका अध्यक्ष चिम वहादुर घर्ती निर्मलले अहिलेका जनता सचेत जनता भएकाले जनतालाई धोका र दुख दिने ठकेदार कम्पनीलाई अब जनताले न छाड्ने वताउदै त्यसका बिरुद्ध सँघर्ष समिति नै बनाइ अगाडी बढ्ने जनाए ।
नरैनापुर गाऊपालिका अध्यक्ष ईस्तियाक अहमद शाहाले ठेकेदारको कम्जोरीका कारण आफ्नो क्षेत्रमा बत्ति बल्न नसकेको भन्दै जनता उतार्न तयार रहेको बताए । नेपाली काँग्रेस नरैनापुरका सभापति मेराज अहमद खाँ ले ठेकेदारको कामगर्ने तौर तरिका गलत भएको र त्यस्तालाइ सरकारले कारवाही गर्न नसकेका कारण ठेकेदारको मनोपली भएको जिकिर गरे । उनले जनता जागरुक हुन जरुरी भएको भन्दै जनताको जित सुनिश्चित हुने बिशबाँस दिलाए ।
सम्मानित अदालतले कुनैपनि हालतमा ठेकेदारको पक्षमा फैसला नगर्ने बताउदै ठेकेदार कम्पनीले जनता माथी अपराध गरेझै महसुस भएको नेकपा नरैनापुर गाऊ कमिटिका सचिव मेराज खाँले वताए ।

Nabintech