२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मेची महाकाली बुहारी संयुक्त आवाजद्धारा बृद्धाश्रममा फलफुल बितरण


कोहलपुर (बाँके)/ जेष्ठ नागरिक दिवसको अवसर पारेर मेची महाकाली बुहारी संयुक्त आवज बाँकेले बिहीवार कोहलपुर ५ मा रहेको निल सागर बृद्धाश्रममा फलफुल लगायतका खाद्य सामाग्री बितरण गरेको छ ।
फलफुल तथा खाद्य सामाग्री बितरण कार्यक्रममा बोल्दै नेकपा नेतृ एंव बुहारी संयुक्त आवज बाँकेकी सल्लाहकार रेणुका खड्काले मानबविय सेवा नै ठुलो धर्म भएको बताईन । उनले मेची महाकाली बुहारी संयुक्त आवजले समस्यामा परेका महिला तथा बाल बालिका र बृद्धबृद्धालाई बिभिन्न खाले सहयोग गर्दै आएको भन्दै संस्थाका अभियन्ताहरुलाई धन्यवाद समेत दिईन ।
समाजमा भएका सबैखाले हिंसाको अत्य गर्न सके कोही पनि बेसाहारा हुन नपर्ने भएकाले घर भित्रका सबैखाले हिंसाको अत्य गनु पर्ने धारणा राखीन् ।


मेचि महाकारी बुहारी संयुक्त आवाजले बिभिन्नखाले मानिबिय सेवाका कामहरु गर्दै आएको संस्थाकी उपाध्यक्ष उर्मिला पाण्डेले जानकारी दिईन । निल सागर बृद्धाश्रममा २ दर्जन बढि बेसाहारा बृद्धबृद्धा र बेसाहारा नागरिक लाई संरक्षण गदै आएको छ ।

Nabintech