११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बरिष्ठ चिकित्सकको कोरोना संक्रमणका कारण मृत्यु


कोहलपुर/नेपालगन्जको भेरी अस्पातलमा उपचाररत एक बरिष्ठ चिकित्सकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भेरीको कोभिड आइसोलेसन वार्डमा उपचाररत उनको बिहिबार दिउँसो मृत्यु भएको हो ।

दरबन्दी भेरीमै भएपनि हाल उनी प्रादेशीक अस्पताल सुर्खेतमा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए । उनलाई सुर्खेतमै कोरोना भाइरस संक्रमण पुुष्टि भएको थियो । सुरुमा सुर्खेतमै उपचार गरीएपनि अवस्था नाजुक बन्दै गएपछि उनलाई असोज २ गते भेरी अस्पतालमा रिफर गरीएको थियो ।

भेरी अस्पतालको कोरोना विशेष वार्डमा भर्ना भएका उनलाई रेमडिसिभिर औषधिसँगै दुईपटक प्लाज्मा थेरापीबिधिको समेत प्रयोग गरेर उपचार गरीएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले सामाजिक संजाल फेसबुममार्फत उनको मृत्यु भएको सार्वजनिक रुपमै पुष्टि गरेका छन । बाँकेकै खजुरा गाँउपालिका ३ का ५९ वर्षिय ति पुरुष बरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रुपमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत थिए ।

Nabintech