१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लक्ष्मी माविका शिक्षक र कर्मचारीले  बिद्यालयमा तालाबन्दी गरे


कोहलपुर /आफुहरुलाई जिम्मेवारीबाट हटाउन खोजिएको भन्दै लक्ष्मी मावि बर्दहवाका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन । कोहलपुर नगरपालिका २ मा रहेको लक्ष्मी माविमा कार्यरत निजि स्रोतका शिक्षक तथा कर्मचारीहरु आन्दोलित भएका हुन । उनिहरुले बिहिबार विद्यालयको मुख्य गेटमा तालाबन्दी समेत गरेका छन ।

विद्यालयका प्रध्यानाध्यापक बद्रि सापकोटाका अनुसार भदौ २९ गते बसेको विद्यालय ब्यवस्थापन समितिको बैठकले विद्यालयमा निजि स्रोतमा कार्यरत ११ जना शिक्षक र ६ जना कर्मचारीलाई तलब नखुवाउने निर्णय गरेको थियो । कोरोनाका कारण जारी गरीएको बन्दाबन्दीका कारण विद्यालयको सम्पूर्ण आयस्रोत ढप्प भएको भन्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले निजिस्रोतका शिक्षक तथा कर्मचारीलाई तलव नखुवाउने प्रस्ताव ल्याएको र सोही प्रस्ताव बहुमतले पारीत भएको सापकोटाले बताए । यद्यपी आफु भने उक्त प्रस्तावको विपक्षमा रहेको उनले जिकिर गरेका छन । आफु र अन्य २ जना सदस्यहरु उक्त निर्णयको विपक्षमा रहेपनि ९ सदस्यीय ब्यवस्थापन समितिका ६ जना सदस्यहरुको बहुमतका आधारमा उक्त निर्णय भएको सापकोटाले बताएका छन ।

उक्त निर्णयबाट रुष्ट भएका शिक्षक तथा कर्मचारीहरुले निर्णय सच्याउनुपर्ने र आफुहरुलाई बेतलवी राख्न नपाईने भन्दै विद्यालयमा ज्ञापन पत्र समेत बुझाएको प्रअ सापकोटाले जानकारी दिए ।

वेतलवीको निर्णय भएको हो, जिम्मेवारीबाट हटाईएको होईन – अध्यक्ष पुलामी

विद्यालय ब्यवस्थापन  समितिका अध्यक्ष प्रेम बहादुर पुलामी मगरले विद्यालयलाई मासिक ५ लाख बढि आर्थिक भार पर्ने देखिएकाले निजि स्रोतमा कार्यरत ११ जना शिक्षक र ६ जना कर्मचारीलाई तलव नखुवाउने निर्णय भएको बताए । गत चौत्रदेखी जारी बन्दाबन्दीका कारण विद्यालयका सम्पूर्ण गतिविधिहरु ठप्प हुँदा समेत सबैलाई २०७७ भदौसम्मको तलव खुवाईएको बताउँदै अध्यक्ष पुलामीले थप आर्थिक ब्ययभार कम गर्न तत्कालकालागि निजि स्रोतका कर्मचारी र शिक्षकहरुलाई तलव नखुवाउने निर्णय भएको प्रष्ट पारे ।

‘हामीले उहाँहरुलाई वेतलवी बनाउने निर्णय गरेका हौं, पदबाट हटाएका हैनौं’ पुलामीले भने, ‘पहिलेजस्तै सहज वातावरण भएमा पुन अर्को बैठकबाट निर्णय गरेर उहाँहरुलाई जिम्मेवारी तोक्नेछौं ।’

निजि स्रोतमा कार्यरत २२ जना शिक्षक तथा कर्मचारीमध्ये तत्कालकालागि आवश्यक १ लेखापाल, २ कार्यालय सहयोगी र विद्यालयद्धारा संचालित कृषि प्राविधिक शिक्षालयकालागि आवश्यक २ जना सहयोगी बाहेक अन्य १७ जनालाई तलव खुवाउन सक्ने अवस्थामा विद्यालय

Nabintech