५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना भाइरसको सन्त्रास फैलिरहेको फाईदा उठाउँदै तस्करहरुको गिरोह सक्रिय


कोहलपुर /कोरोना भाइरसको सन्त्रास फैलिरहेको फाईदा उठाउँदै तस्करहरुको गिरोह सक्रिय हुन थालेको छ । राज्यका सबै संयन्त्रहरु कोरोना भाइरस बिरुद्धको रणनीतिमा होमिएको मौकाछोपि तस्करहरु सक्रिय हुनथालेका हुन ।

केहि दिनयता भारतबाट नेपालतर्फ आउने र नेपालबाट भारततर्फ जाने विभिन्न सामाग्रीहरुको तस्करी बढ्दै गएको भन्सारकै कर्मचारीले स्वीकार गरेका छन् । बाँके र बर्दियासँग सीमाना जोडिएका नाकाहरुमा तस्करहरु केन्द्रित रहेकाछन् । बाँकेको जमुनाहा,नरैनापपुर,राप्तती,मानपुर र गंगापुर लगायतका खुलानाकाबाट दुवै देशतर्फ सामानहरु तस्करी हुने गरेको छ ।

यसै गरी बर्दियाको गुलरिया,जमुनी,फुटाहा र कण्ठपुर नाकाबाट दुवै तर्फ तस्करी बढेको हो । तस्करी कार्यमा सुरक्षाकर्मीकै मिलमतो हुने गरेकाले राजस्व संकलन प्रभावित भएको
छ । पछिल्लो पटक नेपालबाट मटर, मरिच र सुपारी भारततर्फ तस्करी हुने गरेको छ भने भारतबाट आउने लत्ता कपडा, मेसिनरी सामान र कुखुराका चल्ला तस्करी हुने गरेको छ । तस्करहरुले नाकाहरुको नजिकै गोदाम बनाएर राख्ने गरेका छन् ।

नाम नछाप्ने सर्तमा नेपालगञ्ज जमुनाहाका एक स्थानियले नयाँ कोर्ससँग भने– सीमा नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीका सीमा चौकी, पोष्ट र विभिन्न स्थानमा चेक पोष्टहरु छन् । सिमानाकाहरुमा सर्वसाधारणहरुलाई कोरोना भाईरस चेकजाँचमा कडाई गरिएको छ । सिमानाकामा दिउँसोको समयमा वारपार गर्नेहरुको कमी आएको छ । चहलपहल घटेसँगै रातीको समयमा तस्करी बढेको छ ।

यि नाकाहरुबाट बोइलर कुखुरा,दैनिक उपभोग्य सामाग्री,लत्ताकपडा र मेसनरी सामाग्री भित्रिने गरेको जानकारहरु बताउँछन् । खुला सिमाहरुबाट गोरु तथा खसिबोकाहरु भित्रिरहेका छन ।

Nabintech