४ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
घिमिरेले अस्पतालको भेन्टिलेटरबाटै सहयोगको अपिल गरे


कोहलपुर (बाँके)/ सर्प दंशका कारण भेरी अस्पतालको आई सि यु तथा भेन्टिलेटरमा उपचार गराई रहेका कोहलपुर १ का २१ बर्षिय कुष्ण बहादुर घिमिरेले थप उपचारमा सहयोग गरि दिन सबैमा अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर भएका घिमिरेको उपचारमा तीन लाख भन्दाबढी खर्च भएको र थप उपचारकालागि सहयोग गरि दिन सबैमा अपिल गरेका हुन ।
भाद्र २१ गते राति आफ्नै घरमा सुतिरहेका घिमिरे सर्प दंशको सिकार भएका थिए । सर्प दंशका कारण फोक्सो तथा रगतमा ईन्फेक्सन भई अक्सिजन दिई रहनु परेकाले पुर्ण रुपमा निको भई नसकेको हुदाअझ केही दिन आई सि यु कक्षमा बिमारिलाई राखी उपचार गर्नु पर्ने अस्पताल श्रोतले नयाँ कोर्सलाई बतायो ।
थप उपचारका लागि आर्थिक अभाब भएको तथा नेपाल तथा भारतमा ज्याला मजदुरी गरी जिबिका चलाउने गरिब परिवारका घिमिरेलाई छोराको सास छदै आश मार्नु पर्ने हो कि भन्ने थप अर्को चिन्ताले पिरोलेको घिमिरेका छिमेकी तथा कानून व्यवसायी जगतजंग बुढाथोकीको दुखेसो छ ।
अस्पतालको आई सि यु कक्षबाट बिरामी घिमिरेले उपचारका क्रममा सहयोग गर्ने चिकित्सक स्वास्थ्यकर्मी तथा केही मात्रामा औषधी निशुल्क उपलब्ध गरि सहयोग पुर्याउने सामाजिक सेवा ईकाई लगायत संघ/संस्था र ब्यक्तिहरु प्रति आभार व्यक्त गरेकाछन् ।
घिमिरेले थप उपचारमा सहयोग गरि दिन सबैमा अपिल गर्दै भनेका छन् म मेरा परिचित मान्यजन कोमल हृदयका धनी सहयोगी मनहरूलाई सक्दो सहयोगका लागि अनुरोध गर्दछु । मेरो थप उपचारमा सहयोग गर्न चाहाने कोमल हृदयका धनी सहयोगी मनहरूले मेरो मोवाई नम्वर ९८२२४०५०२५ मा सम्पर्क गर्न सक्नुहुने छ । मेरो जिवन रक्षाको चिन्ता लिने सवैप्रति आभारी हुनेछु ।

Nabintech