१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राष्ट्रिय भिटामिन ए कार्यक्रम मंसिर ११ र १२ गते सञ्चालन हुने


काठमाडौं/राष्ट्रिय भिटामिन ए कार्यक्रम आगामी मंसिर ११ र १२ गते सञ्चालन हुने भएको छ। यसअघि कार्तिक २ र ३ गते यो कार्यक्रम तय गरिएको थियो। परिवार कल्याण महाशाखाका निर्देशक डा भीनसिन तिंकरीले मंसिर ११ र १२ गते भिटामित ए रर जुकाको औषधि खुवाउने कार्यक्रम रहेको जानकारी दिए।

उनले भने,‘नियमित कार्यक्रम अन्र्तगत हरेक वर्ष वैशाख र कार्तिकमा भिटामिन ए खुवाउने कार्यक्रम हो तर कोरोना महामारीका कारण वैशाखमा हुन नसकेकोपछि एक महिना ढिला भयो। ६ महिनाको अन्तरमा खुवाउनुपर्ने भएकाले समय मिलाउन मंसिरमा समय तोकिएको हो।’

देशभरका ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम खुवाइने छ। महाशाखाका अनुसार देशभरका २७ लाख बालबालिकालाई भिटामिन ए, ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ।

Nabintech