११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कालो बाजारी गरेको भेटेमा कारवाही : उप–प्रमुख चौधरी


कोहलपुर नगरपालिकाकी उप प्रमुख तथा उपभोक्ता हित संरक्षण समिति संयोजक सञ्जु कुमारी चौधरीले सबै उद्योगि व्यवसायीहरुलाई बजारमा दैनिक उपभोग्य बस्तु,औषधिजन्य सामाग्रिहरु लगायत अन्य अत्यावश्यक वस्तु तथा सेवाहरुको कृतम अभाव तथा कालोवजारी नगर्न नगराउन सवैलाई अपिल गरेकीछन् ।
बजारमा कोरोनाको कारण देखाउँदै कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव सृजनागरी कालोबजारी गरिएको पाइएमा कोहलपुर नगरापालिकाले कानून अनुसार कारवाही गर्ने चेतावनी समेत उप–प्रमुख चौधरीले दिएकी छन्। सङ्कटको बेला एकले अर्कोलाई सहयोग गर्नुपर्नेमा कमाउने मौका यही हो भनेर अमानविय कार्य गरेको पाइएमा कानूनको दायरामा ल्याई कारवाही गर्ने चेतावनी चौधरीको छ ।
बजारमा कोरोना भाइरसलाई जोडेर भएका अनर्गल तथा भ्रामक प्रचारमा लाग्ने,बजारमा अत्याबश्यक सामाग्रिको कृतिम अभाव सृजना गर्ने र कालो बजारीकरण गरेको भेटिएमा नगरपालिकालाई सुचना दिन सवैलाई आग्रह गर्दै उप–प्रमुख चौधरीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका उपायहरु अवलम्वन गर्न सवैलाई अनुरोध गरोकीछन् ।

Nabintech