१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मंगल ग्रहमा नुनिलो ताल फेला पर्यो


काठमाडौ/मंगल ग्रहमा जीवन बस्न सक्ने भनेर अर्बपति एलन मस्कले मंगल ग्रहमा बस्ती बसाउने योजनालाई इटालीका अनुसन्धानकर्ताहरूको घोषणाले झन विश्वसनीय बनाइ दिएको छ । इटलीका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको दक्षिणी ध्रुवको हिमक्षेत्र भित्र तरल पानीका स्रोतहरू रहेको पत्ता लगाएका छन । यसको अर्थ रातो ग्रहको रूपमा चिनिएको मंगलमा जीवन बस्न सक्ने देखिएको छ ।

मंगल ग्रहबारे अध्ययन गरिरहेको युरोपियन स्पेस एजेन्सीले पठाएको डेटाले यो ग्रहमा तरल पानी रहेको जनाएको छ । नेचर स्ट्रोनोमी जरनलमा प्रकाशित वैज्ञानिक समाचारमा तीन भन्दा बढी पानीका ठूला स्रोतहरू अल्टिमी स्कुपुली क्षेत्रमा रहेको पाइएको छ ।
सन् २०१८मा पहिलो पटक भूमिगत पानीको स्रोत पत्ता लागेको थियो ।

डेटामा तालको आकार २० गुना ३० किलोमिटरमा फैलिएको पाइएको छ । केही यो भन्दा साना तालहरू पनि रहेका छन । नयाँ अध्ययनमा नुनिलो तालहरू फेला परेको अर्थ लाग्छ । मंगल ग्रहका यी प्राचीन तालहरू करोडौं वा अर्बो वर्ष पुराना हुन सक्ने युरोपेली नियोगले जनाएको छ । स्पेसएक्सका प्रमुख कार्यकारी एलन मस्कले मंगल ग्रहमा मानव बस्ती बसाउने योजना सार्वजनिक गरिसकेका छन । सन् २०१८मा यो ग्रहमा पानी हुने पत्ता लागेपछि मस्कले यस्तो बताएका थिए । मस्कले सन् २०२२मा मंगलमा स्टारसिप ओराल्ने योजना बनाएका छन ।

Nabintech