१४ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
होटल व्यवसायी संघ बाँकेले कोहलपुर नगरपालिकामा ज्ञापन पत्र बुझायो

घर भाडा र व्यवसायीक कर छुट गर्न माग



कोहलपुर( बाँके)/ होटल व्यवसायी संघ बाँकेले कोहलपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । कोरोनाको प्रभावले होटल र पर्यटन क्षेत्रमा ठूलो प्रभाव पारेकोले स्थानीय सरकारले होटल र पर्यटन व्यवसायीहरुलाई राहातका कार्यक्रम ल्याउन माग गर्दै कोहलपुर नगरपालिमा ज्ञापन पत्र बुझाएको होटल व्यवसायी संघ बाँकेका महासचिव खेमराज शर्माले नयाँ कोर्सलाई बताए ।
कोहलपुर नगरपालिकाका प्रमुख लूटबहादुर रावतलाई ज्ञापन पत्र बुझाउँदै संघले घर भाडामा लिएर सञ्चालनमा रहेका होटलहरुको बन्दाबन्दी अवधीमा कारोवारो नै चौपट भएकाले २ महिनाको घर भाडा छुटकालागि पहल गरिदिन आग्रह गरेको छ ।
यसैगरी संघले स्थानीय सरकारले लिदै आईरहेको व्यवसायीक कर मिनाहाकालागी पनि आग्रह गरेको छ । आर्थिक वर्ष २०७६ र ०७७ को व्यवसायीक कर मिनाहाकालागी नीतिगत रुपमै व्यवस्था मिलाई दिन ज्ञापन पत्र मार्फत माग गरिएको संघका अध्यक्ष एकनारायण चापागाईले बताए ।

Nabintech