९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
क्यान्सर पीडित सिमाको उपचारकालागी दासैदीले अस्ट्रेलियाबाट सहयोग रकम पठाए


कोहलपुर (बाँके)/ क्यान्सर पिडित सिमा श्रीस मगरको जिवन रक्षा र स्वास्थ्य उपचारकालागि अस्ट्रेलियामा बस्ने कलेन्द्र दासैदीले २५ हजार पठाएर सहयोग गरेका छन ।। उनि कोहलपुर नगरपालिका वडा नं २ का स्थानिय समेत हुन ।


कोहलपुर नगरपालिका वडा नं १ कि पाठेघरको क्यान्सरबाट पिडित भएकी सिमा श्रीस मगरको विषयमा नयाँ कोर्सले समाचार सम्प्रेशन गरेको केहि घण्टामै दासैदीले स्ट्रेलियाबाट २५ हजार सहयोग पठाएको सिमाको घरपरिवारले बताए ।
लामो समयदेखि क्यान्सरबाट पिडित सिमाको आर्थिक अभावका कारण स्वास्थ्य उपचारमा समस्या भएकाले उनले सवैसँग सहयोगको याचना गरेकी छन् । आर्थिक अवस्था कमजोर भएकि सिमा  लामोसमयदेखि पाठेघरको क्यान्सरका कारण जिवन मरणको दोसाधमा छठपटाई रहेकी छन् ।

Nabintech