४ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जिल्ला अदालतबाट जवरजस्ती हाडनाता करणी ठहर भएका घिमीरे २ बर्षमा छुटे


कोहलपुर (बाँके)/ जिल्ला अदालत बाँकेबाट जवरजस्ती हाडनाता कारणीको कसुरमा जिल्ला अदालतबाट जवरजस्ती हाडनाता करणी ठहर भएका कोहलपुर ५ का राम चन्द्र घिमिरे २ वर्षमै कारागार मुक्त भएका छन ।
जिल्ला अदालत बाँकेका न्यायधिस पुर्ण बहादुर बास्तोलाको ईजलासले उन लाई ८ बर्ष कैद सजाय तोकेको थियो । ८ बर्ष कैद सजया तोकेको भएपनि बिभिन्न सुबिधाहरुको प्रयोग गर्दै उनि २ बर्ष मा नै सजाय मुक्त भएर बाहिरिएको जिल्ला कारागार बाँकेका जेलर नयाव सुव्बा दिपेन्द्र पौडेलले जानकारी दिए ।
जेलर पौडेलका अनुसार २०७७ असोज ४ गतेको अदालतको निर्णय अनुसार घिमिरे मुक्त भएका हुन । घिमिरेले हाड नाता जवरजस्ती करणी गरेको भन्दै परिवारकै सदस्यको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । पिडीत बालिका नावालिका समेत हुन ।
नावालिका हाडनाता करणी गरेको भएपनि कानुनको छिद्रको प्रयोग गदै उनी कारगार मुक्त भएको एक कानुन व्यावसायीले दाबि गरेका छन । उनका अनुसार घिमीरेलाई कम्तीमा ११ बर्ष सजाय हुनु पर्ने हो । जेष्ठ नगरिक भएका नाताले छुटको उपयोग गरेको भएपनि घिमीरे कम्तीमा ३ बर्ष सजाय भोग्नै पर्ने थियो । कोभिड र अन्य कारण देखाएर पनि उनलाई मुक्त गरिएको ति कानुन व्यवसायीको भनाई छ ।
जेष्ठ नगारिक ऐनमा उमेर हेरेर ७५ बर्ष माथिकालाई अधिकतम दुई तिहाई सजाय माफ हुन सक्ने ऐनमा व्यवस्था रहेको ति कानुन व्यवसायीको भनाई छ ।

Nabintech