४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मधुवनका हाटबजार १५ दिन बन्द


राजापुर / मधुवन नगरपालिकाले कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारीअन्र्तगत नगरका सबै हाटबजार बन्द गर्ने भएको छ ।
छिमेकी मुलुकहरुमा कोरना भाइरस फैलिरहेको बेला नेपालमा पनि सो भाइरस भित्रिनसक्ने भन्दै त्यसको जोखिम न्यूनीकरणका लागि १५ दिनका लागि नगरका सबै हाटबजार बन्द गर्ने निर्णय गरेको हो ।
कोभिड–१९ सम्बन्धी जानकारी तथा सचेतना गराउने उद्देश्यले बर्दियाको नगरपालिकाले स्वास्थ्य सहायता कक्ष स्थापना गरिसकेको छ । नगर प्रमुख गणेशबहादुर क्षेत्रीले भाइरससम्बन्धी चेतना हरेक व्यक्ति, घर र समुदायमा हुनुपर्ने भएकाले आफूले जानेको कुरा अरुलाई सिकाउन नगरवासीसँग आग्रह गरिएको बताए ।

Nabintech