१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
आफ्नो गाँउ आफै बनाउँदै कोहलपुरका युवाहरु


कोहलपुर (बाँके)/ कोहलपुर नगरपालिका वडा नं १ र २ का युवाहरु सामाजिक कार्यमा जुटेका छन् । हाम्रो ठाउँ हामी आफै बनाऊ भन्दै कोहलपुर नगरपालिका वडा नं १ र २ का युवाहरु सामाजिक कार्यमा जुटेका हुन ।


युवाहरुको अभियानलाई सफल पार्न अस्ट्रेलिया मा बस्ने कलेन्द्र दासैदीले आर्थिक सहयोग पठाउँन थाले पछि स्थानिय युवाहरुमा थप हौसला मिलेको अभियान्ता शैलेन्द्र थापाले बताए ।
कोहलपुर नगरपालिका वडा नं १ र २ का युवाहरुले हाम्रो ठाउँ हामी आफै बनाऊ भन्ने अभियाननै चलाएर टोल टोलमा सरसफाई अभियान सम्पन्न गरेका छन् । सरसफाई कार्यक्रम मा ठाउँ ठाउँ मा फोहोर राख्ने भाँडो डष्टविन राखेका छन् । स्वस्फुर्त रुपमा सामाजिक अभियानमा जुटेका स्थानीय युवाहरुले गाउँ घर र टोल सफा राख्न जनचेतना मार्फत स्थानीयहरुलाई सचेत गराउँदै आएका छन ।सरसफाई अभियानमा नेकपाका युवा नेता नरेन्द्र न्यौपानेले पनि साथ दिएको अभियान्ताहरुले बताए ।


अभियान सफल बनाउन आवश्यक सामग्रीहरु युवा अगुवाहरुहरु शैलेन्द्र थापा,लोकेन्द्र ओली,माधव सापकोटा,जीवन चौधरी,राजु विसी,तिलक मल्ल , नवराज परियार,प्रकाश बास्तोला र नरेन्द्र थापा लगायत युवाहरुले व्यवस्थापन गरेको स्थानीय युवा खेम लाल विसीले नयाँ कोर्सलाई बताए ।


हाल सम्म उनिहरुले विद्यालयमा गरीब विपन्नलाई अध्ययनका लागि अक्षय कोष को स्थापना , क्वारेन्टाइन मा मास्क ह्यान्ड स्यानिटाइजर , चोक चोकमा हात धुने साबुन, पानी, ट्याङ्की को व्यवस्था , महामारीमा खाद्यान्न लगायतका कार्य गर्दै आएका छन ।
समाजलाई सकारात्मक दिशा तर्फ लैजान सवै खाले सामाजीक कामहरु गर्दै जाने र गरिव दिन दुखि र असायहरुलाई मानविय सेवा गर्दै जाने अस्ट्रेलिया मा बस्ने कलेन्द्र दासैदीले बताए ।

 

Nabintech