१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
९ बर्ष अधिको बघौडा क्षेत्रको बिद्युतिकरण सम्वन्धी अर्को ठेक्का पनि रद्ध

ठेक्का रद्ध भएसंगै जनताले चाडो बिद्युत बाल्न पाउने सांसद अथकको बिस्वास



कोहलपुर (बाँके) / नेपाल बिद्युत प्राधिकरणले राप्तीसोनरी र नरैनापुर बिद्युतीकरणका लागि श्री गौरी पार्वती र श्रीम उष्मा र जनरल जेभीसंग भएको बिद्युतीकरणको ठेक्का रद्ध गरे संगै सो क्षेत्रका जनताले अव चाडो बिद्युत सेवा पाउने भएका छन । हालै नेपाल बिद्युत प्राधिकरणले ठेकेदार राजेन्द्र मिश्र संग ९ बर्ष अघि सम्झौता भएर रोकी राखेको काम अव प्राधिकरण आफैले गर्ने निर्णय गरे संगै अव सो क्षेत्रमा बिद्युत बिस्तारको काम सहज भएको हो ।

बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख,इन्जिनियर मुनेन्द्र ठाकुरले ९ बर्ष अभि भएको सम्झौत रद्ध गरिएको जानकारी दिए । राजेन्द्र मिश्र प्रोपाइटर रहेको श्री गौरी पार्वती र श्रीम उष्मा जनरल जेभीको नाममा बिगत ९ वर्ष देखि ओगटी बदनीयत पूर्ण रुपमा हालसम्म साबिकको बैजापुर र नरैनापुरको बिद्युतीकरणको काम अबरुद्व भएकाले ठेक्का रद्धसंगै अव जनताले छिटै बत्ति बाल्न पाउने बाँके क्षेत्र नं १ का साँसद एंव नेकपा नेता महेश्वर गहतराज अथकले जानकारी दिए ।
ठेक्का टेन्डर भएर पनि जनताले बत्ती बाल्न त कता हो कता उ बाट काम सुरु भएको समेत देख्न नपाएको स्थिति बनेकाले अनिश्चय र लज्जाजनक अवस्थाको अन्त्य गर्न मन्त्रालय,नेपाल बिद्युत प्राधिकरण केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालयमा पटक पटक धाएका संसद अथकले आफु र सञ्चार माध्यमको निरन्तर खवरदारी पछि प्राधिकरण सो निर्णयमा पुग्नु खुशिको कुरा भएको बताए । उनले जनताको बिद्युत उपयोग गर्न पाउने कुरालाई पुरा गर्ने संकल्प र दृढताका साथ उक्त ठेक्का रद्व गरिएको भन्दै बिद्युतीकरणको काम अव तत्काल तिव्रतापूर्पक अगाडी बढ्ने नयाँ कोर्सलाई बताए ।
उनले महत्वपूर्ण निर्णय राज्यको हित जनताको सर्वोपरि हितलाई केन्द्रमा राखि दृढता पूर्वक गरेकोमा उर्जा मन्त्रालय ,नेपाल बिधुत प्राधिकरण र सम्बन्धीत राष्ट्रसेवक अधिकारीहरुलाई विशेष बधाई तथा धन्यवाद दिएका छन ।

Nabintech