१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सम्झनामा नेतृ सहाना प्रधान


राणा शासनको अन्धकारभित्र पनि २००४ सालमै महिला शिक्षाको माग गर्दै जुलुस निकाल्ने, अनशन बस्ने र पक्राउ खाने सहासी महिला मध्येको एउटा अग्रणी महिलाको नाम हो सहाना प्रधान १ त्यो जगबाट उठेर सहाना नेपालको बाम–लोकतान्त्रिक आन्दोनलनकै एक शसक्त नेताको रूपमा पछिल्लो कालमा स्थापित भएको नाम पनि हो । त्यस अतिरिक्त आफ्नो वैवाहिक सम्बन्धका कारणले पनि उहाँको राजनीतिक जीवन यात्राले अग्रगामी र नयाँ दिशा ग्रहण ग¥यो ।
सहानाको विवाह नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल, जो १९९७ सालका शहीद पर्वमा महान् शहीदहरूमध्येका कान्छा शहीद गंगालालका सहोदर माहिला भाई हुनहुन्थ्यो, सँग २०१० सालमा भएको थियो । यसरी सम्मानित शहीद परिवार र नेपाली राजनीतिलाई नयाँ दिशा र गति दिने नेतासँग सहानाको आन्दोलनकारी बन्दै गएको व्यक्तित्व जोडिन पुग्दा त्यो अझ उज्यालियो र त्यसले नयाँ उचाइ पाउने बाटो लियो तर वैवाहिक जीवनपछि र खासगरी २०१३ सालपछि पारिवारिक जिम्मेवारी सम्हाल्न लाग्दा सहानाको राजनीतिक व्यक्तित्व निष्किृय प्रायः हुनपुग्यो । पहिला पनि शिक्षण पेशामा संलग्न सहाना ०१७ सालको प्रतिगामी शाही काण्ड र देशमा सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्था लादिएपछि भने प्राध्यापन पेशामा संलग्न हुन पुग्नुभयो ।
नेपाली कम्युनिस्ट आन्दोलनका शीर्षस्थ, अग्रणी र निष्ठावान नेता पति पुष्पलाल शाही कदमपछि भूमिगत हुँदै भारत प्रवासिएको अवस्थामा उहाँले त्रिभुवन विश्वविद्यालयमा प्राध्यानपन गर्न थाल्नु भयो र त्यसैबाट जीवन गुजारा गर्नुभयो । यो कुरा पञ्चायती शासकहरूको आँखाबाट लुकेको कुरा थिएन । त्यसैले सहानाले अनेक प्रताडाना र पीडाका बीच काम गर्न बाध्य हुनुपरेको कुरा बुझ्न कठिन छैन ।
राजाको छत्रछायामा चलाइएको सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थाले आरम्भदेखि नै विरोधको सामना गर्नु परेको थियो । त्यसैले पञ्चायत इतरका कांग्रेस र कम्युनिस्ट, तिनका समर्थक तथा शुभचिन्तक एवं आफन्तहरूलाई अनेक किसिमले दुःखदिने, धरपकड गर्ने, मुद्दा लगाउने र कारागार कोच्ने र हत्या गर्नेसम्मका दमनकारी हतकण्डा पञ्चायती शासन प्रशासनले अपनाउने गरेको थियो । पञ्चायतले उग्र फाशिष्टरूप लिंदै गएको र गाउँ फर्क अभियानको नाममा यसलाई अझ दमनकारी र प्रताडनकारी बनाउन थालिएको थियो । यसै क्रममा २०३२ सालमा त्रिभुवन विश्वविद्यालयका दर्जनौ प्राध्यापकहरू बर्खास्त गरिए । त्यसरी बर्खास्तमा पर्नेहरूमा सहाना प्रधान, बीसी मल्ल ९बासुदेव चन्द्र मल्ल० हरूको नाम सबैभन्दा अगाडि थियो । मल्ल नेपाली कांग्रेस पक्षधर प्राध्यापक हुनुहुन्थ्यो । उहाँहरूलाई खासगरी २०३२ सालमा त्रिविविमा भएको विद्यार्थी आन्दोलनलाई आडधाप दिएको निहुँमा निष्कासन गरिएको थियो र यस घटनाले राजनीतिमा सक्रिय भएर पञ्चायत व्यवस्थाका विरुद्ध उत्रिनु बाहेक अरु सबै बाटो बन्द गरिदिएको थियो । त्यसैले सहान प्रधाना नेपाल कम्युनिस्ट पार्टीका कमरेड पुष्पलाल सहितका शीर्ष नेताहरूसँग सरसल्लाह गर्न थाल्नुभएको थियो । तर दुर्भाग्य १ नेपाल कम्युनिस्ट आन्दोलनका अग्रणी शीर्ष व्यक्तित्व जनवादी क्रान्तिको कार्यक्रमका सूत्रधार तथा संयुक्त जनआन्दोनलका प्रतिपादक कमरेड पुष्पलालको २०३५ साल साउन सात गते भारतको नयाँ दिल्लीस्थित बल्लभ भाइ पन्त अस्पतालमा हृदयरोगका कारण असामयिक निधन भयो । नेपालको कम्युनिस्ट आन्दोलनले एकजान अग्रणी शीर्ष नेता मात्र गुमाएन राजनीतक सिद्धान्त निष्ठा, नैतिकता, इमानदारीता र सुझबुझ भएको कम्युनिस्ट आन्दोनलको एकजना अतुलनीय अग्रज र अभिभावक नै गुमायो । त्यसपछिको नेपाल कम्युनिस्ट पार्टीको संकट कालीन पाँचौ सम्मेलनले बलराम उपाध्यायलाई पार्टीको प्रमुख र सहाना प्रधानलाई पार्टीको केन्द्रीय नेतृत्वमा चयन गर्‍यो र पार्टी प्रवक्ताको रूपमा सहाना प्रधानलाई जिम्मेवारी दियो । यसरी पुनः सहाना प्रधानको दोस्रो पटक सक्रिय राजनीतिक जीवन यात्रा शुरु भयो ।
फाशिष्टरूप लिंदै गएको पञ्चायती निरंकुशताका विरुद्ध कहिले मजदुर, कहिले किसान त कहिले विद्यार्थी आन्दोलन चर्किने गर्दै आएको थियो । २०३२ सालमा अखिल नेपाल किसान संघको दोस्रो राष्ट्रिय सम्मेलन कमरेड पुष्पलालकै प्रत्यक्ष नेतृत्वमा सम्पन्न भएको थियो र त्यसले किसान आन्दोलनलाई पुनः संगठित गर्ने र किसानहरूलाई शाही पञ्चायती व्यवस्थाका विरुद्ध उठा खडा गर्ने ठोस् नीति तर्जुमा गरी आन्दोलनको तयारीमा पार्टी लागेको थियो । यसै कालखण्डमा पाकिस्तानमा त्यहाँको सैनिक सत्ताले पाकिस्तानका निर्वाचित प्रधानमन्त्री जुल्फिकर अली भट्टोलाई फाँसीको सजाय दिनेभयो । त्यसको विरुद्ध काठमाडौंस्थित पाकिस्तानी दूतावासमा विरोधपत्र दिन गएका नेपाली विद्यार्थीलाई पञ्चायती प्रशासनले तीब्र दमन गरेपछि राष्ट्रव्यापीरूपमा २०३५/३६ सालको संयुक्त विद्यार्थी आन्दोलन भयो । राजासँग राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका नेपाली कांग्रेसका शीर्ष नेता बीपी कोइरालाले ‘पञ्च कांग्रेससँग नतर्स कांग्रेस पञ्चसँग नझस्क’ भनेर ‘न आन्दोलन न समर्पण’ अल्मल र असमञ्जसको बाटो अख्तियार गरिरहेको बेला उठेको संयुक्त विद्यार्थी आन्दोलनले फाशिष्ट पञ्चायती व्यवस्थाको जग नराम्रोसँग हल्लाइदियो र निर्विकल्प भनिएको राजाको पञ्चायती व्यवस्था जनमत संग्रहको कठघरामा उभियो । प्रतिबन्धित दलहरूले जनमत संग्रको बेला खुल्ला काम गर्न थाले । यस स्थितिमा सहाना प्रधान सामन्ती अधिनायकवादी व्यवस्थाका विरुद्ध तलैदेखि संयुक्त जनआन्दोलन उठाउनुपर्ने पुष्पालालको नीतिकासाथ देशव्यापीरूपमा जनसभा र जनसंगठन गरने अभियानमा नेपाल कम्युनिस्ट पार्टीको नेताको रूपमा सक्रिय भएर उत्रिनु भयो ।
वास्तवमा पञ्चायती व्यवस्थालाई परास्त गर्न र बहुदलीय व्यवस्थालाई पुनःस्थापित गर्न जुन पाँच पूर्वशर्तहरू —पञ्चायत नीति तथा जाँचबुझ समितको रूप लिएको गाउँफर्कलाई भंग गरिनुपर्ने, माथिदेखि तलसम्मका पञ्चायती निकायलाई समाप्ता परिनु पर्ने, गरिनुपर्ने, सर्वपक्षीय राष्ट्रिय सरकारको गठन गरिनु पर्ने, १८ वर्ष उमेर पुगेका सबै नागरिकले मत दिन पाउनु पर्ने र यसरी जनमत संग्रहलाई निष्पक्ष, स्वच्छ र धाँधलीरहित तुल्याउन पर्ने राखिएका थिए, त्यो नेपाल कम्युनिस्ट पार्टीले नै सर्वप्रथम अघि सारेको थियो । यी कुरालाई लिएर सहाना प्रधान देशका विभिन्न स्थानमा आयोजित जनसभा र विरोध प्रदर्शनहरूमा सक्रिय हुनुभयो तर बहुदल पक्ष कांग्रेस र कम्युनिस्ट विभाजित स्थितिमा रहेको र उल्लिखित पूर्वशर्त पूरा नगरी जनमत संग्रह धाँधलीपूर्ण तरीकाले गरिएकोले कथित सुधारिएको पञ्चायतको पक्षमा ५४ प्रतिशत र बहुदलको पक्षमा ४६ प्रतिशत मत आयो । यसले पनि भावी दिनमा पञ्चायती व्यवस्थाको आवरणमा चलाइएको राजाको निरंकुशताका विरुद्ध जनआन्दोलनलाई अग्रगति दिन सकिने संकेत गरेको थियो ।
जनमत संग्रहको परिणाम पछि संयुक्त आन्दोलनलाई अझ अगाडि बढाउन पञ्चायतइतर शक्तिहरूलाई गोलबन्द गर्ने वातावरण बनाउने पहलमा नेपाल कम्युनिस्ट पार्टी निरन्तर लागि रह्यो । फलस्वरूप २०४३ सालमा नेपाल कम्युनिस्ट पार्टी र मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीबीच भारतको सारनाथमा पुष्पलालको नीति र कार्यक्रमका आधारमा छैटौ राष्ट्रिय सम्मेलन गरी एकता भयो । त्यसले मनमोहन अधिकारीलाई महासचिव र सहाना प्रधानलाई सचिवको रूपमा चयन ग¥यो । यसरी शाही पञ्चायती व्यवस्थाका विरुद्ध कम्युनिस्ट घटकहरूबीच एकता र सहकार्यको वतावरण बन्दै गएको थियो । त्यही क्रममा २०४६ साल माघ दुई गते नेपाल कम्युनिस्ट पार्टीका विभिन्न घटकहरू मनमोहन–सहाना नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माले), नेकपा (निर्मल लामा समूह) नेपाल मजदुर किसान पार्टी, नेकपा (तुलसीलाल समूह) नेकपा (माननधर समूह) र नेकपा (बर्मा समूह) सम्मिलित संंयुक्त बाम मोर्चा बन्यो । ती सबै घटकले सहाना प्रधानलाई मोर्चाको अध्यक्षमा चयन गरे । यो नै वास्तवमा सहाना प्रधानको राजनीतिक उत्कर्षमा पुगेको व्यक्तित्व थियो ।
संयुक्त बाम मोर्चा र नेपाली काँग्रेको आह्वानमा उठेको संयुक्त जनआन्दोनलले ४९ दिनमा झण्डै तीन दशक निष्कण्टक देशमा चलेको सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थालाई ढालेको थियो । यसरी ०७ सालपछि पुनः अर्को पटक नेपाली जनताले विजय पाएका थिए । विजयी नेपाली जनताको नेतृत्व गर्ने मध्येकी एक अग्रणी शीखर नेताको रूपमा यसरी सहाना प्रधान स्थापित हुनुभएको थियो । एमाले बन्नुभन्दा पहिलाको सहाना प्रधानको व्यक्तित्व यसरी मुखरित भएको थियो ।

Nabintech