१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अनेरास्वबियुद्धारा ११ सुत्रिय माग सहित कोहलपुर नगरपालिकामा ज्ञापन पत्र


कोहलपुर /अनेरास्वबियुले बिभिन्न ११ सुत्रिय माग सहित कोहलपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । अनेरास्वबियुका केन्द्रीय सदस्य सुर्या रोकायद्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा संस्थागत बिद्यालयहरुले लिने मासिक शुल्क र भर्ना शुुल्क लिनका लागि कडाईन नर्गन र बिद्यालय नियमित सुरु भएको १५ दिन देखि १ महिना पछि मात्र शुल्क उठाउन सुरु गर्न माग गरिएको छ । ज्ञपान पत्रमा तल्लो कक्षमा अनलाईन कक्षाका नाममा शुल्क नउठाउन , अनुमति भन्दा माथिको कक्षा सञ्चालन गर्ने बिधालयलाई कार्यवाही गर्न माग गरिएको छ । ७२ घन्टा भित्र मागहरु पुरा नभए आन्दोलनमा उत्रने चेतावनी सहितको ज्ञापन पत्रमा तोकिएको भन्दा बढि शुल्क लिने बिद्यालयलाई कार्यवाहीको दायरामा ल्याउन माग गरिएको छ ।
ज्ञापन पत्रमा कोहलपुर नगरको सामुदायीक बिद्यालयहरुको गुरु योजना निर्माण गरि सार्वजनिक गर्न ,सामुदायीक बिद्यालयहरुको शिक्षक दरबन्दी मिलान ,छात्रबृद्धि रकम समयमै प्रदान गर्न , संस्थागत बिद्यालयले दिने छात्र बृद्धि कोटामा बढने बिद्यार्थीहरु नगर शिक्षाको सिफारीस अनुसार बढने व्यवस्था मिलाउन माग गर्दै ज्ञापन पत्र बुझाईएको अनेरास्वबियुका नेता सुमन घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार समुदायीक बिद्यालयमा अतिरीक्त क्रियाकलपाको दायरा बढाउन,संस्थागत बिद्यालयमा लिने बर्षिक शुल्य यस बर्ष नलिने व्यवस्थागर्न माग गरिएको छ ।
ज्ञापन पत्रमा बिद्यालयका भौतिक पुर्वाधारको अवस्था हेरेर मात्रै पढाई सुरु गर्ने बातारण मिलाउन माग गरिएको जानकारी दिए ।

Nabintech