१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सुरक्षित बैदेशीक रोजगारका लागि आप्रवासी श्रोत केन्द्र बाँकेमा सञ्चालन


कोहलपुर / बाँके जिल्लामा सुरक्षित आप्रवासन कार्यक्रम सुरुवात गरिएको छ । नेपाल सरकार र स्विस सरकारको सम्झौता अनुसार हेल्भेटास नेपालको प्राबिधीक सहयोगमा जिल्लाको नेपालगंज उपमहानगर,कोहलपुर नगरपालिका,बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकामा कार्यक्रमको सुरुवात गरिएको हो ।


बातावरण तथा ग्रामिण बिकास केन्द्र इन्रुडेक बाँकेको आयोजनमा सुरक्षीत आप्रवासी श्रोत केन्द्र समेत सञ्चालनमा ल्याईएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको तेस्रो तत्लामा सञ्चालित श्रोत केन्द्र मार्फत बैदेशीक रोजगारमा जाने महिला तथा पुरुषहरुलाई बैदेशीक रोजगार कसरी सुरक्षीत बनाउने भन्ने बारे सहजीकरण गरिने सस्थाका अध्यक्ष धर्म रोकायले जानकारी दिए ।
स्रोत केन्द्र मार्फत बैदेशीक रोजगारका क्रममा ठगी र शोषणमा परेकाहरुलाई कानुनी उपचार सेवा दिईने छ । सो केन्द्र मार्फत पिडामा परेका कामदारलाई र उनका परिवारलाई सामाजिक सेवा दिईने बताईएको छ । यस्तै बैदेशीक रोजगारका क्रममा आवश्यक पर्ने शिपका बारेमा मान्यता प्राप्त संस्थामा सिफारीस गरिने अध्यक्ष रोकायले बताए ।

साथै सो कार्यक्रम अन्र्तगत कोरोनाका कारण बिदेशमा समस्यामा परेका श्रमीकहरुलाई सम्वन्धीत देशका दुतावासको सम्पर्कमा पुर्याउन सहजीकरण गरिने श्रोत केन्द्र बताएको छ ।

Nabintech