१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा पानीको मूल्य आफुखुशी बृद्धि,उपभोक्ता मारमा


कोहलपुर (बाँके)/ पानी व्यवसायीहरुले जारको मुल्य आफु खुशी बृद्धि गरेका छन । बिगतमा थोक मुल्य ३० मा बिक्रि गरेका उत्पादकहरुले ५ रुपैया बृद्धि गरेका हुन । उत्पादकले थोक मुल्य ५ रुपैया बृद्धि गर्दा उपभोक्तहरुले भने १० रुपैया बढि तिर्न बाध्य भएका छन । उपभोक्ताहरुले बिगतमा ४० मा किन्दै आएको प्रति जार अव ५० रुपैयामा किन्न बाध्य भएका हुन ।
कोहलुर ११ की संगिता शाहीले लकडाउनको मौका छोपि व्यवसायीले आफु खुशि मूल्य बृद्धि गरेकाले आफुहरुले प्रतिजार ५० रुपैया तिर्न बाध्य भएको बताईन । गुणस्तरको ठेगान नभएका जारको पानी ५० रुपौया तिर्न बाध्य भएको उनले बताईन ।
बुधवार कोहलुर ११ को बरपिपल नामक पानी उद्योगमा अनुगमन टोलिले मापदण्ड बिना सञ्चालनमा ल्याएको पाईएपछि सिल गरेको थियो । सिल अघि सो पानी उद्योगले लामो समय देखी कोहलपुरमा सो पानी बिक्रि गर्दै आएको थियो । पटक पटकको ल्याव टेष्टमा फेल भएपनि अनुज्ञा पत्र बिना सो पानी बिक्रि हुदै आएको पाईएको थियो ।
बुधबार अनुगमनमा उपभोक्तालाई ५० रुपैयाँमा बिक्रि वितरण गरिरहेको पाइएको हो । जसबाट उपभोक्ता ठगिएका छन । एक जार पानी ३५ मा खरिद गरेर ५० मा बिक्रि गर्दा १५ रुपैया मुनाफा लिएको पाईएको थियो ।
उपभोक्ता ऐनमा खरिद मुल्यमा २० प्रतिशत सम्म बढि मुल्यमा बिक्रि गर्न नपाइने उल्लेख छ ।
अनुगमन टोलीका सदस्य एंव जिल्ला प्रशासन कार्यालय बाँके प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माले गुणस्तर यथावत राखेर अन्य कच्चा पदार्थको समेत मुल्य नबढेको अवस्थामा मुल्य बढाउनु नियम संगत नभएको बताए ।

Nabintech