१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
फेला पर्‍यो नेपाल-चीन सीमा क्षेत्र हुम्लाको ‘११ नम्बर पिल’


सुर्खेत / नेपाल(चीन सीमा छुट्याउने ११ नम्बर पिलर फेला परेको छ । सीमास्तम्भ फेला परेसँगै रेखाङ्कन प्रक्रिया सुरु गरिएको छ । सीमास्तम्भ नाम्खा गाउँपालिका-६, टाकुलेमा फेला परेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए ।

हुम्लाका प्रजिअ चिरञ्जीवी गिरी नेतृत्वको टोलीले बुधबार सीमा पिलर फेला पारेको लामाले बताएका छन् । स्तम्भमा नेपालतर्फ २०१९ साल र चीनतर्फ सन् १९६२ लेखिएको छ । यसअघि सीमा पिलर खोज्न गएको टोली लाप्चाबाटै फर्किएको थियो ।

प्रारम्भिक भौगोलिक अवस्था हेर्दा भवन बनाइएका भनिएका क्षेत्र चिनियाँ क्षेत्रमै पर्ने अनुगमनका लागि गएका एक सुरक्षा अधिकारीले नागरिकखबरलाई जानकारी दिए । सीमा क्षेत्रजस्तो गम्भीर विषयमा हचुवा र कसैको इसारामा प्रचार गरिनु दुर्भाग्यपूर्ण भएको ती सुरक्षा अधिकारीले बताएका छन् ।

Nabintech