१२ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा एक पानी उद्योग सिल , अन्यलाई सचेत गराईयो


कोहलपुर/कोहलपुर ११ मा रहेको मुक्तिनाथ ड्रिकिङ्ग वाटर उद्योगद्धारा उत्पादीत बर पिपल पानी उद्योग सिल गरिएको छ । बुधवार संयुक्त अनुगमन टोलीले न्युनतम पुर्वाधार बिना उद्योग सञ्चालनमा ल्याएको र यस अघिको पानी परिक्षणका क्रममा खान योग्य नरहेकाले उद्योग सिल गरिएको कोहलपुर नगरपालिकाका अधिकृत बिर बहादुर बिकले जानकारी दिए ।यस अघि सो उद्योगलाई पुर्वाधार नरहेको भन्दै सुधारका लागी निर्देशन दिईएको भएपनि सुधार नगरी उद्योग सञ्चालन गरेको पाईएकाले उद्योग सिल गरिएको बिकले बताए । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यलय , खाद्य तथा गुण नियन्त्रण कार्यलय , गुणस्तर तथा नाप तौल बिभागको टोली , कोहलपुर नगरपालिका र प्रहरीको सहभागिता रहेको थियो । पानी उद्योग सञ्चालनका लागि आफ्नै ल्याव सञ्चालनमा ल्याउनु पर्ने , पानीको जार र बोतलमा उत्पादन मिती र व्याच नं लगाउनु पर्ने , पानीका जार उचित तवरले सरसफाई गर्नु पर्नेमा त्यस्तो नपाईएको अनुगमन टोलिले बताएको छ ।


त्यस्तै कोहलपुर १० मा रहेको झरना जल उद्योगलाई सुरक्षा मापदण्ड पुरा नगरी सञ्चालनमा ल्याईएको भन्दै सचेत बनाईएको छ । सो उद्योगलाई एक हप्ता भित्र कोहलपुर नगरपालिकामा दर्ता हुन ,पानीका जार शुद्ध तवर बाट सफाई गर्न , बजारमा पठाउँदा अनियवार्य सिल र लेवल लगाउन निर्देशन दिईएको बिकले बताए ।


अनुगमनका क्रममा कोहलपुरमा सञ्चालीत पानी उद्योगहरुले मापदण्ड पुरा नगरेको पाईएको बिकले बताए । कोहलपुर १० मा रहेको लाईफ ओके पानी उद्योगको पानि प्रशोधन प्रक्रिया र भौतिक अवस्था भने सन्तोष जनक रहेको अनुगमन टोलिले बताए । टोलिले लाईफ ओकेलाई पुराना जारहरु सञ्चालनमा नल्याउन आग्रह गरेको छ । कोहलपुरमा सञ्चालीत पानी उद्योगहरुले गुणस्तरहीन पानी बिक्रिमा ल्याएको गुनासो आएपछि अनुगमन गरिएको बिकले जानकारी दिए । कोही समय पहिले कोहलपुरको आरुष पानी उद्योग र मध्यपश्चिम पानी उद्योग पनि कार्यवाहीमा परेको थिए ।

Nabintech