११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मेचि महाकाली बुहारी सयुक्त आवाज द्धारा कोहलपुरमा श्रदान्जली सभा


रुपन्देहीकी १६ बर्षिय करुणा घर्तिको बलात्कार पछि हत्याको बिरोधमा मंगलवार कोहलपुरमा श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन गरिएको छ ।
मेची महाकाली बुहारी सयुक्त आवाजको आयोजनामा  कोहलपुरको न्यु रोड चोकमा दिप प्रज्वलन तथा श्रदान्जली सभाको आयोजना गरिएको हो । श्रदान्जली सभामा बोल्दै कोहलपुर नगरपालिकाकी उप प्रमुख सञ्जु कुमारी थारुले महिला हिम्सा तथा घरेलु हिम्सा न्युनिकरणका लागि कडा कानुनको आवश्यकता रहेको बताईन । कतिपय कानुन कार्यान्वयन पनि समस्या पैदा भई रहेको उनको भनाई थियो ।कानुन कार्यन्यन फितलो हुदा महिला हिम्साका घटना बढदै गएको भनाई थियो । मेचि महाकाली बुहारी सयुक्त आवाजको जिल्ला संयोजक मिना सिग्देलको अध्यक्षतमा भएको कार्यक्रममा महिला उद्यमी संगिता सुबेदी लगायतले बोलेका थिए । उनिहरुले हिम्साका घटनामा कमि ल्याउन कानुनको प्रभावकारी कार्यान्वयन जोड दिए । १६ बर्षिय घर्तीको केही समय अघि बलात्कार गरि हत्या गरिएको थियो । घर्तीको घटना अनुषन्धानमा प्रहरीले लापरवाही गरेको भन्दै उनिहरुले बिरोध समेत जनाएका थिए । प्रहरीले लापरवाही गरेको मुद्धामा हाल मेची महाकाली बुहारी संयुक्त आवाजको कानुनी साहायतामा पुन अनुषन्धान भई रहेको बाँके संयोजक मिना सिग्देलले जानकारी दिईन ।  बिदेशमा रहेर समेत नेपाली महिलाहरुका पिडा लाई सार्वजनिक गर्ने र कानुनी सहायतमा सहयोग पु¥र्याएको भन्दै संयोजक सिग्देलले संस्थाकि केन्द्रीय अध्यक्ष यमु  शर्मा शुव्बा लाई धन्यवाद दिईन ।

Nabintech