२५ फाल्गुन २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
पालिका भवन बनाउन सामुदायीक बन फडानी


कोहलपुर (बाँके)/ बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ रामपुरस्थित नवदुर्गा भगवती सामुदायिक वन क्षेत्र फडानी गरी पालिका भवन निर्माण गर्ने पक्रियालाई बन कार्यलयले रोकेको छ । डिभिजन बन कार्यालय बाँकेका प्रमुख राजु क्षेत्रले बन फडानी गरेर पालिका भवन निर्माण गर्न थालेको जानकारी पाए लगत्तै भवन निर्माण कार्य रोकेको जानकारी दिए ।
बैजनाथ गाँउपालिकाले सो समुदायीक बन क्षेत्रको ९ बिगाहमा पालिका भवन र २ बिगाह क्षेत्रफलनमा क्याम्पस भवन निर्माण प्रक्रिया अगाडी बढाएको थियो । पालिका अध्यक्ष मान बहादुर रुचालले सामुदायीक बन समुहको निर्णय अनुसार आफुहरुले भवन निर्माणका लागि टेण्डर प्रक्रिया पुरा गरेर निर्माणको लागी झाडी सफाईका क्रममा बिवाद सृजना भएको बताए । उनले सो जग्गा प्राप्तीका लागि बन मन्त्रालयमा पनि प्रक्रिया अगाडी बढाईएको नयाँकोर्सलाई बताए ।
सामुदायी बन समुहका अध्यक्ष प्रेम थापाले पालिका अध्यक्षको निर्देशनमा आफुहरुले भेलाले निर्णय गरेको जानकारी दिदै बाँकी प्रक्रिया पालिकाले नै गर्ने सहमती भएको बताए । उनले प्रक्रिया पुरा नभएकाले बन कार्यलय ले आफुहरुलाई उक्त स्थानमा कुनै पनि संरचना निर्माण नगर्न निर्देशन दिएको नयाँ कोर्सलाई बताए । उनले पालिकाले भवन निर्माणका लागि ठेक्का पाएका ठेकेदारले केही थान सुकेका रुखहरु काटेर उपभोक्तकालाई बितरण गरेको बताए । सेक्टर बन कार्यालय कोहलुरका रेन्जर मान बहादुर थापाले उक्त स्थानमा बिभिन्न जातका १२ थान रुख काटिएकावे नयाँ कोर्सलाई बताए ।
अबैध तरिकाले रुख काटिएको बारे बन कार्यलयले आवश्यक कार्यवाहीका लागी अनुसन्धान सुरु गरेको नयाँ कोर्सलाई जानकारी दिए । पालिका भवन निर्माणका लागि काटिएका रुखको प्रमाण नष्ट गर्ने रुखका ढुटा समेत उखलेर फालिएको एक स्थानियको भनाई छ ।
वन फडानीविरुद्ध डिभिजन वन कार्यालयले कारबाही प्रक्रिया चलाइरहेका बेला समूहले त्यस क्षेत्रमा एक्साभेटर लगेर रुखका ठुटा हटाएको हो । वन फडानी सम्बन्धी समाचार सार्वजनिक भएपछि समूहमाथि कारबाही प्रक्रिया अगाडि बढाइसकेको डिभिजन वन कार्यालयले जनाएको छ । बन कार्यालयका प्रमुख क्षेत्रीले कानुनी कारबाही प्रक्रिया अगाडि बढिसकेको जानकारी दिदै कर्मचारीले पहिल्यै फोटो खिचेर ल्याइसकेको हुँदा ठुटा हटाउँदैमा केही फरक नपर्ने बताए ।
सामुदायिक वनले फडानी गरेको उक्त क्षेत्रमा बैजनाथ गाउँपालिका कार्यालय र शुभ प्रभात बहुमुखी पब्लिक क्याम्पस भवन निर्माण गर्ने तयारी छ।

Nabintech