३ माघ २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राप्तीसोनारी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतको बिवाद उत्कर्षमा


कोहलपुर (बाँके)/ जनप्रतिनिधी र कर्मचारीको बिवादले राप्ती सोनारी गाउँपालिकामा बिवाद उत्कर्षमा पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेत सेवाग्राहीको काम प्रति जिम्मेवार नभएको , पालिका अध्यक्षसंगको समन्वय बिना काम गर्ने गरेको आरोप लगाउदै पालिका अध्यक्ष लाहु राम थारुले बस्नेतको कार्यकक्षमा ताला लगाई दिए पछि बिवाद उत्कर्षमा पुगेको हो ।
गाउँपालिका श्रोतका अनुसार प्रशासकिय अधिकृत बस्नेतले कार्यपालिकाको निर्णय बिपरीत झण्डै ५० लाख पर्ने सावारी साधन समेत खरिद गरेपछि बिवाद बहिर आएको हो । केही दिन अघि अधिकृत बस्नेतले आफु चढनका लागि स्कारपियो गाडी खरिद गरेका थिए । अध्यक्ष लाहु राम थारुले प्रशासकिय अधिकृत बस्नेत र लेखा शाखमा ताला लगाएको ताला सोमावर साँझ खोलिएको भए पनि मंगलवार आज पालिका कर्मचारीहरुले केही समय पेन डाउन गरेर काम काज ठप्प पर्ने तयारी गरेको एक कर्मचारीले बताए ।
पालिका अध्यक्ष लाहु राम थारुका स्वकिय सचिव सन्तोष थारुले प्रमुख प्रशासकिय अधिकृत बस्नेत गैर जिमेवार बनेका कारण पालिकामा बिवाद सृजना भएको बताए । उनले बिवाद समाधानका लागि दुवै पक्ष बिच छलफलको तयारी भई रहेको छ । सो बारेमा बुझ्न राप्ती सोनारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दल बहादुर बस्नेतसंग सम्पर्क गर्दा आफु मिटङमा रहेको भन्दै कुरा गर्न चाहेनन । पालिकाका भेटिएका एक सेवा ग्राहीका अनुसार प्रशासकिय अधिकृतको गैर जिम्मेवारी पनका कारण आफुहरुले सास्ती खेप्नु परेको बताए ।

Nabintech